सेती खोँच किनारमा तारबार लगाउन र चेकड्याम निर्माणको योजना बनाउन सांसद भट्टराईको माग

सेती खोँच किनारमा तारबार लगाउन र चेकड्याम निर्माणको योजना बनाउन सांसद भट्टराईको माग

bidhya

काठमाण्डौ। नेकपा एमालेकी सांसद विद्या भट्टराईले सेती खोँच वरपर तारबार लगाउन सरकारको ध्यानाकर्षण गराएकी छन्।

प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै भट्टराईले सेती नदीको खोँचमा वर्षेनी मानिसहरुले ज्यान गुमाइरहेको भन्दै उनले सेती किनारमा तारबार लगाउन सरकारसँग माग गरेकी हुन्। उनले अगाडि भनिन् – ‘दुःखद् घटना हुँदा हामी केही संवेदनशील बन्छौं, जब पुरानो हुँदै जान्छ, हामी बिर्संछौँ।’

भट्टराईले भूगर्वविद्हरूले दिएको सुझाव अनुसार सेती किनारमा तारबार लगाउन तथा सुक्खा पहिरो नियन्त्रणका लागि चेकड्याम निर्माणका लागि योजना सञ्चालन गर्न माग गरिन्।

सेती नदीलाई संरक्षण गर्नका लागि संसदमा आवाज उठेपनि सरकारले ध्यान नदिएको उनको गुनासो थियो।

शनिबारमात्रै १२ वर्षीया बालिकाले सेती खोँचमा परेर ज्यान गुमाएकी थिइन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds