पोखरा । गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री रोशन बहादुर गाहा थापाले संवैधानिक व्यवस्थानुसार प्रदेश सरकारले निकासको बाटो खोजेको बताएका छन् ।
अनलाइन पत्रकार संघ गण्डकीद्वारा पोखरामा आयोजित ‘अनलाइन पत्रकारिता तालिम’ को शुभारम्भ कार्यक्रममा मन्त्री गाहाले अस्थिर राजनीतिका कारण प्रदेश सरकारले संविधानमा व्यवस्था भए अनुसार निकासको बाटो रोजेको बताएका हुन् ।
मन्त्री गाहामगरले विश्वासको मत लिने विषयमा अन्य दलसँगको छलफलपछि मात्रै थाहा हुने बताए । ‘प्रदेश सरकारले संवैधानिक व्यवस्थाले जे अधिकार दिएको छ, त्यही अनुरुप सरकारले आफ्नो निकास खोज्दैछ।, उनले भने, ‘अन्य राजनीतिक दलहरुसँग पनि परामर्श हुँदैछ । विश्वासको मत लिने कुरामा अन्य दलसँग छलफल गरेर कति संभावना रहन्छ । त्यही अनुसार अघि बढ्छौँ । अन्यथा, संवैधानिक व्यवस्था अनुसार अरु दलले सरकार सञ्चालनको जिम्मा प्राप्त गर्छ ।’
प्रदेश सरकारका प्रवक्तासमेत रहेका उनले मन्त्रालयको जिम्मेवारी बहन गर्न नपाउँदै सरकारबाट बाहिरिँदा योजनाहरुमा प्रभाव पर्ने धारणा राखे । उनले बधाइ र बिदाइ सँगसँगै जसाे हुन लागेको बताए । ‘केही नयाँ कुराहरुमाथि आफ्नो भूमिकाबारे अध्ययन गर्दागर्दै र नयाँ योजनाहरु रच्दारच्दै राजनीतिमा अस्थिरता देखियो, उनले भने, ‘दुलही भएर आउने दुरान फर्कन नपाउने जस्तै भएको छ । यसले गर्दा योजनाहरुमा प्रभाव पर्ने देखिएको छ ।’
उनले मिडियाकर्मीका समस्यालाई नजिकबाट नियालिरहेको बताउँदै समाधानका लागि पहल गर्ने बताए । मन्त्री गाहामगरले मिडिया विधेयकलाई संशोधन गरेर पत्रकारलाई अधिकार सुनिश्चित गराउनका लागि आफूले सरकार बाहिरै रहेपनि भूमिका खेल्ने बताए ।
अनलाइन पत्रकारिता तालिम सुरु
अनलाइन पत्रकार संघ गण्डकीकाे आयोजनामा तीन दिनसम्म सञ्चालन हुने अनलाइन पत्रकारिता तालिम शनिबारदेखि सुरू भएकाे हाे । नेपाल पत्रकार महासंघ केन्द्रिय सदस्य सरिता तिम्सिना पंगेनीले पछिल्लो समयमा अनलाइन पत्रकारिताको महत्व बढेको बताइन् । पत्रकार महासंघ गण्डकीका महासचिव गोविन्द सुबेदीले गण्डकी प्रदेश सरकारले प्रदेश सभामा लगेको विधेयक पत्रकार अनुकूल नभएको बताए । अन्य विधामा रहेका पत्रकार पनि अनलाइनमा आनुपर्ने उनको भनाइ छ ।
नेपाल पत्रकार महासंघ कास्की शाखा उपाध्यक्ष रामप्रसाद तिमिल्सिनाले कोभिड १९ पछिको समयमा नेपालमा अनलाइन पत्रकारिताको महत्व बढेको बताए । प्रशिक्षक केशव शरण लामिछानेले पत्रकार अनलाइन बिधामा जान नसके पत्रकारिता नै नरहने बताए ।
प्रशिक्षक भरत कोइरालाले अहिले मिडिया संक्रमणकालीन अवस्थामा रहेको जानकारी दिँदै प्रदेश सरकारले मिडिया सम्बन्धी कानुन बनाउन ढिलो गरेको धारणा राखे । अनलाइन पत्रकार संघ गण्डकीका अध्यक्ष गणेश बरालले आगामी दिनमा पनि यस्ता तालिम सञ्चालन गर्दै जाने बताए । कार्यक्रममा सहभागीलाई स्वागत उपाध्यक्ष सन्तोष बस्याल र सञ्चालन सचिव प्रह्लादचन्द्र घिमिरेले गरेका थिए ।
शनिवार भरत कोइरलाले कन्टेन्ट राइटिङ र केशव शरण लामिछानेले डिजिटल जर्नालिजमको विषयमा प्रशिक्षण गराएका छन् । आइतबार दिपक अधिकारीले तथ्यजाँच सम्बन्धी प्रशिक्षण गराउनेछन् । सोमबार प्रेस काउन्सिलका अधिकृत रामशरण बोहराले पत्रकार आचार संहिता सम्बन्धी प्रशिक्षण गराउने छन् । तालिममा ४० भन्दा बढी पत्रकार सहभागी भएका छन् ।
यसैबीच, शनिबारबाट नै अनलाइन पत्रकार संघ गण्डकीले संघको वेबसाइट www.onlinejournalist.org.np शुभारम्भ गरेको छ ।
सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने