सेती खोँच नजिक भ्वाङमा खसेकी बालिकाको मृत्यु

सेती खोँच नजिक भ्वाङमा खसेकी बालिकाको मृत्यु

340661710_769864797791905_6781034886801481317_n

पोखरा। सेती खोँच नजिकै भ्वाङमा खसेकी बालिकाको मृत्यु भएको छ। पोखरा महानगरपालिका वडा नं. ८ नागढुंगा घर भएकी १२ वर्षकी स्मृति पराजुलीको मृत्यु भएको वडा प्रहरी कार्यालय रामबजारले पुष्टि गरेको छ।

बालिका पोखरा -१५ सीताराम हाउजिङ नजिकैको चौरमा खेल्ने क्रममा झन्डै १२० मिटर तल खसेकी थिइन्। उनलाई उद्धार पश्चात उपचारका लागि साँझ अन्दाजी ५ बजेको समयमा पश्चिमाञ्चल क्षेत्रिय अस्पताल लगिएकोमा ५:५५ बजे अस्पतालले मृत घोषणा गरेको हो।

तीन जना साथीहरु सहित चौरमा खेल्न पुगेकी स्मृति काठमाण्डौमा पढ्दै आएको बुझिएको छ। स्थानीयका अनुसार खाजा लिएर चौरमा खेल्दै गर्ने क्रममा स्मृति भ्वाङबाट खस्न पुगेकी थिइन् । त्यसपछि साथीहरुले स्थानीयलाई गुहारेपछि घटनाबारे प्रहरीलाई खबर गरिएकाे थियाे ।

झन्डै १२० मिटर तल बालिकाको शरिरको तलको भाग पानीमा डुबेको र माथिको भाग जमिनमा बजारिएको अवस्थामा फेला पारिएको उद्धारमा खटिएका एक सुरक्षाकर्मीले गण्डकन्यूजलाई बताए।

स्मृतिको उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएको थियो। भासिएको स्थान निकै नै गहिरो र साँघुरो खोंच भएकाले उद्धारमा कठिनाई भएको थियो।

घटनालगत्तै वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी निरीक्षक नेत्रबहादुर कुँवरको कमान्डमा रेस्क्यु टोलीसहित १७ जना खोजीमा खटिएका थिए । वडा प्रहरी कार्यालय रामबजारबाबाट प्रहरी निरीक्षक माधव केसीको कमाण्डमा ७ जना र सशस्त्र प्रहरी कालिका गणबाट सप्र।नि उमेश ढकालको कमाण्डमा ७ जनाको टोलीले खोजतलास गरेको थियो ।

सम्बन्धित समाचारः

सेती खोँचमा बच्चा खसेको आशंका, प्रहरीद्वारा खोजी सुरु

सेती खोँच नजिकको भ्वाङमा खसेकी स्मृतिको अचेत अवस्थामा उद्धार

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ