सेती खोँचमा बच्चा खसेको आशंका, प्रहरीद्वारा खोजी सुरु

सेती खोँचमा बच्चा खसेको आशंका, प्रहरीद्वारा खोजी सुरु

bachcha khasyo

पोखराको सेती खोँचमा बच्चा खसेको आशंकामा खोजी सुरु गरिएको छ । गत १ माघमा यतिको विमान दुर्घटना भएको स्थल नजिकै भीरबाट सेती नदिमा बच्चा खसेको भन्ने जानकारी आएपछि प्रहरी उक्त स्थानमा पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रवक्ता डिएसपी श्रवणकुमार बिकले यसको पुष्टि गरे । उनले गण्डकन्यूजसँग भने – ‘हामीलाई सेती खोँचमा बच्चा खसेको जानकारी आयो । टोली परिचालन भइसकेको छ । बच्चा खसेको पुष्टि भइसकेको छैन । पहिले खोजी गरौँ । विस्तृतमा जानकारी आएपछि थप कुरा भन्न सकिनेछ ।’

घटना भएको भनिएको स्थानमा अहिले स्थानीयको भीड लागेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds