ज्यान मुद्दाका फरार प्रतिवादी ६ वर्षपछि पक्राउ

ज्यान मुद्दाका फरार प्रतिवादी ६ वर्षपछि पक्राउ

११

पोखरा । कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई फरार रहेका एक व्यक्ति ६ वर्षपछि पक्राउ परेका छन् ।

कास्कीको साविक सार्दीखोला गा.वि.स.–८ बस्ने भिम बहादुर मगरको हत्यामा संलग्न रहेका म्याग्दी स्थायी घर भई हाल कास्की माछापुच्छ्रे गा.पा.–२ भराभरी बस्ने वर्ष ३७ को जयन्द्र पाईजा पुनलाई जिल्ला प्रहरी कार्यालय कास्कीले ६ वर्षपछि पक्राउ गरिएको हो ।

जयन्द्रले मगरलाई २०७० पुस १३ गते राति साढे ९ बजे धारिलो हतियार (चक्कु) प्रयोग गरी अनुहार तथा शरीरको विभिन्न भागमा प्रहार गरी हत्या गरेका थिए ।

उक्त घटना पश्चात कास्की जिल्ला अदालतले मिति २०७३ जेठ १७ गते कर्तव्य ज्यान मुद्दामा पुनलाई जन्म कैद सजाय सुनाएको थियो।

घटना पश्चात नै फरार रहेका पुनलाई यहि चैत्र २९ गते पक्राउ गरी जिल्ला अदालतमा आवश्यक कारबाहीको लागि बुझाइएको जिल्ला प्रहरी कार्यालाय कास्कीका प्र.ना.उ. श्रवण कुमार बि.क.ले जनाकारी दिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds