हेमजा । ११ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव अन्र्तगत बिहीवारसम्म ४० टन आलुको कारोवार भएको छ। त्यहाँ प्रतिकिलो रु.३५ मा आलु बिक्री हुँदै आएको छ।
आलु किन्नकै लागि कास्कीका विभिन्न स्थान लगायत छिमेकी जिल्ला स्याङजा, पर्वत, बाग्लुङ, म्याग्दी, तनहुँ लगायतका ठाउँबाट समेत मानिसहरु महोत्सव स्थल आउने गरेका छन्।
हावापानीका कारण अन्य स्थानको भन्दा हेमजामा फलेको आलु स्वादिष्ट रहेको, विषादीको कम प्रयोग हुने भएको तथा छिटो छरितो पाक्ने हुनाले हेमजामा उत्पादित आलु ग्राहकको रोजाईमा पर्ने गरेको कृषक परिचालन उपसमितिका संयोजक जयराम तिमिल्सीनाले जानकारी दिए।
बिहीबार मात्रै १० टन बढी आलुको कारोवार भएको छ। जसअनुसार कुल ३ सय ५० जनाले विभिन्न परिणाममा आलु किनेर लगेका छन् । हालसम्म एक जनाले न्यूनतम १० केजीदेखि अधिकत्तम पाँच सय केजीसम्म आलु किनेर लगेको संयोजक तिमिल्सीनाले बताए।
महोत्सव अन्र्तगत बिहीबार लोकदोहोरीतर्फ राजन कार्की, सरस्वती लामिछाने, ज्योति लोहोनी, विनोद रामदाम र राजेन्द्र पोखरेल, पप कन्सर्टतर्फ लाहुरे, काल रात्री, गगन गुरुङ तथा रक्षा व्याण्ड साथै हास्यतर्फ राजेन्द्र गिरी, मिना गिरी, मनोज गोर्खाली (होचा व्यक्ति) लगायतले प्रस्तुति राखे।
त्यस्तै शुक्रबार अर्थात नववर्षको दिन लोकदोहोरीतर्फ बद्री पगेनी, माया गुरुङ, कमला सुनार, सुभद्रा श्रेष्ठ र सन्तोष सुवेदी, पपतर्फ अस्मिता अधिकारी, सुनिल गायक, गगन गुरुङ र यम नेपालीका प्रस्तुतिहरु रहनेछन् ।त्यस्तै रत्यौली गीत प्रतियोगिता भने जारी छ।
बिहीबार महोत्सवलाई सम्बोधन गर्दै कृषि अनुसन्धान निर्देशनालय लुम्लेका निर्देशक डा. कालिकाप्रसाद उपाध्यायले आलुलाई बान्डिङ गर्न सफल भएकोमा हेमजावासीलाई बधाई दिर्दै आलुको उत्पादन तथा उत्पादकत्व बढाउन पहल गर्नुपर्ने बताए। जात्रा, मेलाको परिष्कृत रुप नै महोत्सव भएको औँल्याउँदै निर्देशक डा. उपाध्यायले महोत्सवसँगै कला संस्कृतिको पनि संरक्षण भइरहेको उल्लेख गरे।
‘सुन्दर ठाउँ हेमजा जाऔँ, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ भन्ने नाराका साथ विष्णुपादुका क्लवको आयोजनामा महोत्सव गरिएको हो।
महोत्सव अन्र्तगत आलु तथा ताजा तरकारीको बृहत प्रदर्शन, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार प्रदर्शन तथा प्रशिक्षण, माटो, बोटविरुवाको परीक्षण तथा रोगको निधान, कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रदर्शनी, विभिन्न कृषि उपज, विउ विजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी, कृषक सम्मान तथा पुरस्कार लगायतका कार्यक्रम रहेका छन्।
सम्बन्धित खबर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
चाडपर्वमा खर्चको जोहो गर्न राउटे टोली पोखरामा
करमा छलकपट गर्नेलाई बढी दण्ड: प्रमुख कर अधिकृत शर्मा
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते