पोखरा । पोखराको लेकसाइडमा १८ औं फेवा नब वर्ष महोत्सव बुधबारबाट सुरु भएको छ । होटल संघ पोखरा नेपालले आयोजना गरेको तीन दिने महोत्सवले पर्यटन, संस्कृति र खानालाई मुख्य जोड दिएको छ । विविध खानाका परिकार र सांस्कृतिक प्रस्तुती तथा पंचे बाजा, नाचगान, भजनचुड्का र गीतसंगीतका कार्यक्रम महोत्सवमा हुने छन् ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महोत्सवको उद्घाटन गरेका थिए । महोत्सव स्थानीय खहरेदेखि फिस्टेल गेटसम्म सडकमा नै आयोजना भइरहेको छ । महोत्सवका अवसरमा होटलको प्रकाशित दररेटमा २० प्रतिशत छुट प्रदान गरिएको आयोजक संघका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले जानकारी दिए । कोभिड १९ लगायत विभिन्न कारणले व्यवसायी पलायन हुँदा र हजारौंको रोजगारी गुम्दा नकारात्मक रुपमा प्रभावित पर्यटन व्यवसायलाई पुनरुत्थान गर्ने उद्धेश्य महोत्सवले बोेकेको उनले सुनाए । महोत्सवमा सहभागी विभिन्न झाँकी र आमा समूहलाई सो अवसरमा उनले धन्यवाद प्रकट गरे ।
होटल संघ नेपालका प्रथम उपाध्यक्ष विनायक शाहले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशसम्म उडानका लागि सरकार र निजी क्षेत्र सबै मिलेर पहल अगाडि बढाउनुपर्ने भनाई राखे । कोरोना पछि देश अब कसरी अगाडि बढ्ने भन्ने विषयमा सरकारले मार्गदर्शन प्रदान गर्नुपर्ने उनले बताए । अवको राष्ट्रिय कार्यनीति के हो भन्ने विषयमा स्पष्टता हुनुपर्ने भनाई उनको थियो ।
सो अवसरमा होटल संघ नेपाल गण्डकीका अध्यक्ष हरिप्रसाद शर्मा गैह्रेले कुटनीतिक प्रयास गरेर भए पनि पोखराको नयाँ विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान यथाशीघ्र संचालन गरिनुपर्ने माग राखे । यहींबाट विदेश उड्ने पोखरेलीको सपना अझै पनि पूरा नहुनु दुर्भाग्य भएको भन्दै उनले हतारमा पो विमानस्थल उद्घाटन गरियो कि भनी प्रश्न राखे ।
कार्यक्रममा प्रमुख अतिथिको भनाई राख्दै महानगर प्रमुख आचार्यले पोखरालाई पर्यटकीय शहर घोषणा गर्ने प्रस्तावको फाइल मुख्य सचिवको टेबलमा पुगेर रोकिएको बताउँदै संघीय सरकारले घोषणा नगरे प्रदेश सरकार र महानगर मिलेर त्यस्तो घोषणा गरिने बताए । यो घोषणसँगै रत्न मन्दिर र हिमागृह पनि सर्वसाधरणका लागि खोल्ने विषय जोडिएको उनले सुनाए । पोखराको नयाँ विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान संचालन गर्ने विषयमा सरकारसँग गंभीर रुपमा कुरा राखिएको बताउँदै उनले नेपाल नागरिक उड्डयन प्राधिकरण पनि यस विषयमा गंभीर बन्नुपर्ने भनाई राखे । नक्सा पास नभएका पोखराका घरले कि सोही अनुसार अतिरिक्त कर तिर्नुपर्ने र नत्र ती भत्काइने चेतावनी पनि उनले सो अवसरमा दिए ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पोखराको नयाँ विमानस्थलबाट छिटोभन्दा छिटो अन्तर्र्राष्ट्रिय उडान संचालन गर्न प्रधानमन्त्रीलाई नै भेटेर कुरा राखिएको स्मरण गराए । पृथ्वीराजमार्गको स्तरोन्नती कार्यलाई शीघ्र रुपमा अगाडि बढाउने विषयमा पनि छलफल भएको जानकारी उनले दिए । बैंकको चर्को ब्याजले व्यवसायीलाई परेको समस्या समाधान गर्ने विषयमा पनि प्रधानमन्त्रीसँग कुरा राखिएको उनले बताए ।
सो अवसरमा कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाही, आयोजक संघका प्रथम उपाध्यक्ष दीपक श्रेष्ठ र क्षत्री महिला समूहकी अध्यक्ष रमा लामिछानेले पनि भनाई राखेका थिए । तालवाराही आरती सेवा समितिको तर्फबाट कार्यक्रममा आरती प्रदर्शन गरिएको थियो । गायक जीवन दाहालले पनि सो अवसरमा आफ्नो गीत सुनाएका थिए ।
कार्यक्रमको संचालन संघका महासचिव एवं प्रचार संयोजक राजेन्द्र ढकालले गरेका थिए । महोत्सवको मुख्य प्रायोजक बाह्रसिंगे वियर रहेको छ भने अन्नपूर्ण केवलकार सहप्रायोजक रहेको छ । पोखरा महानगरपालिकाले सघाएको महोत्सवलाई नेपाल पर्यटन बोर्डले प्रवद्र्धन गरेको हो ।
सम्बन्धित खबर
कास्कीको मादीमा नागीधार महोत्सव सुरु
फोनिज कास्कीको अध्यक्षमा बिनु थापा मगर
पोखरामा पुराना सवारीसाधनले लाइसेन्स ट्रायल दिनुपर्दा धेरै असफल भएपछि नयाँ व्यवस्था
अध्यादेशको विरोध गर्दै कास्कीका ३५ स्थायी शिक्षकले दिए सामूहिक राजीनामा
डा. निकोलस भुसाललाई ५० हजार धरौटीमा छाड्न कास्की अदालतको आदेश
कास्की हिरासतमा रविको तस्वीर खिच्ने निकोलस भुसाल फेरि पक्राउ
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
कथा सकिने डरले चलचित्र निर्देशक बनेका गायक प्रकाश सपूत
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी