पोखरा। पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङले बजार अनुगमनको संयोजक उपप्रमुख रहने ब्यवस्था भएपनि कारबाही गर्ने अधिकार नहुँदा प्रभावकारी नभएको बताएकी छन्। पोखरा महानगरपालिका सहकारी तथा उद्योग शाखाले मंगलबार आयोजना गरेको उपभोक्ता हित सचेतना सम्वन्धमा सरोकारवाला वीचको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले कानुनले संयोजक तोकेको भएपनि कारबाहीको अधिकार नहुँदा कार्यान्वयन प्रभावकारी नबनेको बताइन्।
महानगर बजार अनुगमन समितिका संयोजक समेत रहनुभएका उपप्रमुख गुरुङले अनुगमन गर्ने अधिकार दियो तर कारबाही गर्ने दिएन। त्यसैले यसको अर्थ छैन उनले भने,“केन्द्रबाट कारबाहीको अधिकार कटौती गरेर अनुगमनको मात्रै दिएको देखियो। यसले गर्दा अनुमगनबाट उपभोक्ता हित विपरितका काम गर्ने व्यवसायीलाई कारबाही गर्न नसक्दा प्रभावकारी देखिएन।”
उनले अनुगमन र कारबाही दुबै अधिरकार उपप्रमुखलाई दिनुपर्नेमा जोड दिए। उनले उपभोक्ताहरु सचेत र सजग हुनुपर्ने बताउदै पोखरा महानगर नागरिकको हित र अधिकारका बारेमा सजग रहेको उल्लेख गरे। कार्यक्रममा कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल,उपभोक्ता मञ्च गण्डकीका अध्यक्ष कपिलनाथ कोइराला, उपभोत्ता हितसंग सम्वन्धित सुरेश गिरी लगायतले उपभोक्ता हितका बारेमा सचेत र सजग गराउनुपर्ने खाँचो औल्याए। पोखरा महानगर सहकारी र उद्योग शाखाका प्रमुख भरतराज पौडेलको अध्यतामा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा उपभोक्ता मञ्च गण्डकी सचिव गीता आचार्य, हकारी र उद्योग शाखाका प्रमुख भरतराज पौडेलले उपभोक्ता हित सम्वन्धि कानुनी ब्यवस्था लगायतका बारेमा सहजीकरण गरेका थिए।
सम्बन्धित खबर
कुमारी ब्युटीको उद्घाटनमा रीमाले भनिन्, ‘आफूले प्रयोग गर्ने प्रडक्टबारे चेतना जरुरी छ’
माछापुच्छ्रे –९, सिधिङमा साविक वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
पोखरामा आजदेखि दाइँ महोत्सव
कास्कीको मादीमा नागीधार महोत्सव सुरु
फोनिज कास्कीको अध्यक्षमा बिनु थापा मगर
पोखरामा पुराना सवारीसाधनले लाइसेन्स ट्रायल दिनुपर्दा धेरै असफल भएपछि नयाँ व्यवस्था
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी
पोखराको ढुंगेसाँघु मेला निरन्तर