पोखरा । अनलाइन पत्रकार संघ गण्डकीले आगामी बैशाख २ गतेदेखि ४ गतेसम्म आयोजना गर्ने अनलाइन पत्रकारिता तालिमको तयारी तीब्र पारेकाे जनाएकाे छ । मंगलबार बसेको संघको बैठकले तालिम संयोजकसहित विभिन्न ६ वटा उपसमितिहरु पनि गठन गरेको छ ।
संघका अध्यक्ष गणेश बराललाई संयाेजक चयनका साथै तालिमलाई व्यवस्थित र थप उपलब्धिमुलक बनाउन अध्यक्ष बरालकै संयोजकत्वमा रोहित बस्नेत र निरज बसौला सदस्य रहेको यातायात, आवास, खाना तथा अतिथि व्यवस्थापन उपसमिति बनाएको छ ।
त्यस्तै, उपाध्यक्ष सन्तोष बस्यालको संयोजकत्वमा सचिव प्रल्हाद चन्द्र घिमिरे र कोषाध्यक्ष चन्द्रिका घिमिरे (अनिता) सदस्य रहेको कार्यक्रम तथा मञ्च व्यवस्थापन उपसमिति, सचिव प्रल्हाद चन्द्र घिमिरेको संयोजकत्वमा कोषाध्यक्ष चन्द्रिका घिमिरे (अनिता) र सुरेशराज अधिकारी सदस्य रहेको प्रतिवेदन लेखन उपसमिति गठन गरेको छ ।
त्यस्तै, कोषाध्यक्ष चन्द्रिका घिमिरे (अनिता) को संयोजकत्वमा सञ्जय आचार्य र प्रविण मगर सदस्य रहेको अर्थ व्यवस्थापन उपसमिति चयन गरेकाे छ । तालिम संचालनका क्रममा आइपर्ने विविध समस्या तत्काल समाधान गर्नका निम्ति संघका कार्यसमिति सदस्यहरु ऋषिराम दाहाल, दिपकराज गिरी, शिव न्यौपाने, शेखर कोइराला र सरिता गुरुङ रहेकाे क्विक रेस्पोन्स टीम बनाइएकाे छ ।
संस्थाका सल्लाहकार रञ्जन अधिकारीको संयोजकत्वमा सागरराज तिमिल्सिना र प्रकाश ढकाल सदस्य रहेको तालिम सहभागी व्यवस्थापन एवं मूल्यांकन उपसमिति गठन गरिएको छ । याे समितिले तालिम लिनेहरूकाे छनाैट तथा उपसमितिकाे कार्य मूल्यांकन एवं अनुगमन गर्नेछ ।
पोखरामा रहेर अनलाइन पत्रकारिता गरिरहेका पत्रकारहरुका लागि आयोजना गर्न लागिएको तालिममा पत्रकार आचारसंहिता, तथ्य जाँच, अनलाइन पत्रकारिता र लेखनवृत्ति सम्बन्धी सेशनहरु रहने संघका सचिव प्रल्हाद चन्द्र घिमिरेले जानकारी दिए। तालिम पोखराको सिर्जनाचोकमा रहेको साइमन पार्टी प्यालेसमा सञ्चालन हुनेछ ।
सम्बन्धित खबर
लमजुङ केन्द्रबिन्दु भएर भूकम्प
ढोरपाटनमा यो वर्ष पहिलोपटक हिमपात
देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना
स्याङ्जाका किसानले बेचे ६० लाखको सुन्तला
नवग्रह मन्दिर अनुष्ठानमा डा. स्वामी केशवानन्दले दर्शन गरि दिए प्रवचन
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने