स्लोभाकिया पठाईदिन्छु भन्दै १२ लाख ठगी गर्ने व्यक्ति पक्राउ

स्लोभाकिया पठाईदिन्छु भन्दै १२ लाख ठगी गर्ने व्यक्ति पक्राउ

Arrest

सांकेतिक तस्बिर

काठमाडौं। वैदेशिक रोजगारीमा पठाइदिने भन्दै पीडितबाट रकम ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ।

वैदेशिक रोजगारीका लागि स्लोभाकिया पठाईदिन्छु भन्दै नगद १२ लाख रूपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले पाँचथर फागुनन्द गाउँपालिका -३ घर भई हाल ललितपुर – १४ नख्खीपोट बस्ने ४६ वर्षीय एकराज नेम्बाङलाई प्रहरीले पक्राउ गरेको हो ।

नेम्बाङले स्लोभाकिया जान प्रतिव्यक्ति १५ लाख रूपैयाँ लाग्ने र त्यहाँ पुगेपछि कन्स्ट्रक्सन कम्पनीमा वेल्डिङको काम लगाइदिनुका साथै मासिक तलब २ लाख रूपैयाँ बढी हुने भन्दै प्रलोभनमा पारी पीडितबाट उक्त रकम ठगी गरी फरार भएका थिए।

ठगीको उजूरी पश्चात खोजिकार्य शुरू गरेको उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले टोलीले नेम्बाङलाई काठमाडौं गोंगबुबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको प्रहरीको भनाई छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds