राष्ट्रिय स्वतन्त्र पार्टीका समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको छ।
मन्त्री बन्ने भए साढे २ करोड बुझाउन पार्टी सभापति रवि लामिछानेले भनेको भन्दै सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाइसँगको कुराकानीमा सुनिन्छ ।
कपुरबोट टीभी’ले सार्वजनिक गरेको अडियोमा प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारमा स्वास्थ्य तथा जनसंख्यामन्त्री आफ्नो पार्टीको भाग परेको श्रेष्ठले प्रसाईंलाई सुनाएका छन् । उनले प्रसाईंसँग दुई करोड रुपैयाँ व्यवस्थापन गरिदिन आग्रह गरेका छन् । उनले तत्काल एक करोड भएपनि मन्त्री बनाउन सभापति लामिछाने तयार रहेको प्रसाईंलाई सुनाएका छन् ।
प्रसाईंले दुई करोड रुपैयाँ व्यवस्थापन गरिदिने तर पछि आफ्नो काम गरिदिनुपर्ने शर्त राखेका छन् । अडियोमा श्रेष्ठले पार्टी सभापति रवि लामिछानेका मान्छेलाई दिन उक्त रकम चाहिएको बताएका छन्।
सार्वजनिक भएको अडियोमा प्रसाईं र श्रेष्ठले गरेको कुराकानीको अंश:
दुर्गा प्रसाईं: ए नमस्ते के छ हालखबर ?
ढाका: म पनि भर्खर भर्खर उठेको।
दुर्गा: ए अनि त्यही त मैले पनि राति फोन अफ गरेँ। अफ भनेको सुत्न टाइम भएर चार्ज गरेर सुतेँ। अनिनी अब के खास चाहि के हो कुरा अलिकति भन्नु त डाक्टर साब।
ढाका: स्वास्थ्य हामीले पाउने भयो… कोर टिम छ। दुई तीन जनाको। तिनीहरूले भनिराखेका छन्। दुई जति चाहियो भनेर मलाई हिजो। मेरो पक्का चाहि पक्का भयो। आज मैले फिक्स गर्नुछ के सर। अब म फेरि आर्थिकमा त्यस्तो साह्रै उ छैन। मन्त्री पनि बन्नुपर्यो। फेरि यो स्वास्थ्य क्षेत्र धोइपखाली गरेर, पुरा सुधार पनि गर्नुछ। मैले धेरै गर्नुपर्छ भनेर सोँच गरेको छु। त्यसमा अब हजुरहरूको साथ, सहयोग, चाहियो भन्नेकुरा हो के अब।
दुर्गा: मैले एउटा कुरा बुझ्न खोजेको डाक्टरसाब, राष्ट्रिय स्वतन्त्र पार्टीमा म त डाक्टर भनेको तोसिमा कार्की मात्रै छिन् भनेर बुझेको थिएँ त।
ढाका: हैन नी। हामी तीन जना छम्।
दुर्गा: को को छन्?
ढाका: म भएँ, तोसिमा र चन्दा कार्की।
दुर्गा: ए चन्दा म्याम पो हुनुहुन्छ त है। डाक्टर साबको घर कहाँ हो?
ढाका: मेरो घर पोखरा हो सर।
दुर्गा: अनि एमबिबिएस कहाँ गरेको?
ढाका: मैले चाइनामा…
दुर्गा: अनि एमडी?
ढाका: अहिले मैले एमडी गरेको छैन। एमबिबिएसमात्रै हो। पछि चाहि अर्कै पढ्ने भन्दाभन्दै पोलिटिक्स तिर आएँ।
दुर्गा: अब हेर्नुस् है धेरै समस्या छ स्वास्थ्य क्षेत्रमा। अब देशमा भएका सबै नर्सिङ कलेज बन्द गराए। आज नर्स पढ्न पाउँदैनन्। मैले त जहिल्यै भनेको छु नी। दुबईमा चेलिबेटीले डान्सबारमा डान्स गर्नुभन्दा नर्स पठाऔं। हो कि हैन। भन्नु त। विदेशबाट इन्डियाबाट विद्यार्थी ल्याउँ। पढाऔं। कति राम्रो कुरा गरेको मैले। अहिले त मैले डाक्टर उत्पादन गरौं। बरू सय वटा मेडिकल कलेज खोलौं। होकि हैन।
ढाका: हो हो हो नी।
दुर्गा: … अनि डाक्टरसाबको नाम ढकबहादुर कि के हो?
ढाका: ढाकाकुमार श्रेष्ठ।
दुर्गा: ढाकाकुमार श्रेष्ठ। अच्छा मैले कुरा बुझेँ। सल्लाह गरेर अघि बढौंला। अनि फेरि। तपाईंसँग मैले भन्न खोजेको। अनि मुकुलहरूले त नलिने भन्थे त स्वास्थ्य र शिक्षा।
ढाकाप्रसाद: मुकुलजीलाई त थाहा छैन सर यो। मुकुलजी पनि कोर टिममा हुनुहुन्न के…
दुर्गा: ए।
ढाकाप्रसाद: बाहिर त महामन्त्री नै हो। अब हजुरलाई पार्टीकै कुरा गर्दा दुई तीन जना चाहि छुट्टै हुनुहुन्छ। पार्टीलाई धेरै सहयोग गर्ने, सुरूवाती क्षण देखि नै सहयोग गर्ने र त्यो टिमबाट मलाई कुरा आएको र आज मैले फिक्स गर्नुपर्छ पैसा, उताबाट हुन्न भन्छन् फेरि। दुई-साढे दुई भनेका छन् अब मैले अहिले एक दिएँ भनेपनि मान्छन्। पछि चेक दिएँ भनेपनि मान्छन् एक-दुई दिन…
दुर्गा: यो पैसा पनि तपाईंले उही रविलाई त बुझाउनुपर्ला नी हैन?
ढाका: अ.. मैले रवि सरलाई भन्दा पनि रवि सरलाई देखा पर्नुभएको छैन। बाहिरको दुई जना तीन जना साथीहरू हुनुहुन्छ उहाँहरूलाई दिने हो। पार्टीलाई जान्छ भनेका छन् क्यार।
दुर्गा: तपाईंलाई मैले के ग्यारेन्टी गरेँ भने दुई करोड रुपैयाँ दिने ग्यारेन्टी गरेँ। तपाईंलाई म सजिलो बाटो देखाइदिन्छु। त्यसको पिर नगर्नुस्। उनीहरूसँग टाइम लिनुस् ल म दिन्छु भनेर भन्नुस्। सत्य कुरा। तपाईं र म भेट्नुपर्छ। भेटिराख्नु पनि पर्दैन। फोन पनि गर्नुपर्दैन। म जति भिडेको छु नी स्वास्थ्य क्षेत्रमा गोविन्द केसी के भिडेको छ? कुरो बुझ्नुभएन?
तपाईंलाई म उ दिन्छु। आइडिया दिन्छु। यो दुई करोडको ग्यारेन्टी भयो। म दिन्छु। पिर नगर्नु। तपाईं अघि बढ्नुस्। है।
अब फेरि तोसिमाले लडाइँ त गर्दिनन् नी? तोसिमा कार्कीले?
ढाका: हैन गर्दैनन्। गर्दैनन्। टिमले गरेपछि सक्यो। हामीले रवि सरलाई म्यान्डेट दिएका छौं। उहाँले जसलाई राख्नुभयो राख्नुभयो।
दुर्गा: ए… ल। अब यस्तो भयो नी त। तोसिमाले पैसा निकाल्न पनि सक्दिनन्। किन भन्नु न। गोविन्द केसीको मान्छे भनेको छ नी कहीँ कुरै गर्न मिल्दैन। उसँग डराउँछन्।
ढाका: तिनी मन्त्री भइन् भनेपनि काम पनि छैन नी।
सहकारीको पैसा अपचलन गरेको मुद्दामा सांसद श्रेष्ठ यसअघि पनि विवादमा आएका थिए। उनी अध्यक्ष रहेको पोखराको साथी किसान कृषि सहकारी संस्थाले बचतकर्ताको ८२ लाख रुपैया अपलचन गरेको मुद्दा उनीमाथि छ।
सम्बन्धित खबर
३२ सिटे दलले एमाले-कांग्रेसभन्दा ठूलो भएको दम्भ गर्दा अहिलेको सरकार बन्योः महासचिव पोखरेल
कोशीका पूर्वमुख्यमन्त्री थापामाथि आक्रमण, विद्युत् प्राधिकरणका दुई कर्मचारी पक्राउ
आजको मैसम पूर्वानुमान
मधेश आन्दोलनको १८ वर्ष पूरा, बलिदानी दिवसको रुपमा मनाइँदै
यी स्थानमा वर्षा र हिमपातको सम्भावना
प्रेम सम्बन्ध बिग्रिएपछि युवतीको तस्वीर दुरूपयोग गरी चरित्र हत्या गर्ने युवक पक्राउ
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी
पोखराको ढुंगेसाँघु मेला निरन्तर