पोखरा । गण्डकी प्रदेशका आन्तरिक मामिला, कानुन मन्त्री तथा सरकारका प्रवक्ता रोशन गाहामगरले छोटो समयका लागि आफू मन्त्री बनेको भए पनि परिणाम राम्रो आएको दावी गरेका छन् । आदिवासी जनजाति पत्रकार महासंघ फोनिज गण्डकीले मुस्ताङको जोमसोममा मंगलबार आयोजना गरेको पत्रकार क्षमता अभिवृद्धि कार्यक्रममा प्रवक्ता गाहामगरले आफ्नो कार्यक्रम छोटो समयका लागि भए पनि सफल भएको दावी गरेका हुन् । मन्त्री गाहामगरले आफू पछि आउने नयाँ मन्त्रीले पनि यसरी नै द्रुत गतिमा प्रदेशका लागि काम गर्ने आशा व्यक्त गरे । ‘परिणाम आउने कामहरु अहिले भइरहेका छन्, आगामी आउने मन्त्रीले पनि यसरी परिणाम आउने काम गर्नुहुनेछ भन्ने आशा छ,’ उनले भने । मुस्ताङ र नवलपुर जिल्ला गण्डकी प्रदेशको महत्वपूर्ण जिल्ला भएको बताउँदै उनले यी २ जिल्लालाई जोडेर पर्यटनको माध्यमबाट आयआर्जन गर्न सकिने उनको भनाई थियो । विकास र समृद्धिका लागि यी दुई जिल्लाका लागि विनियोजन भएको बजेट कार्यान्वयन गर्ने प्रक्रिया जारी रहेको समेत मन्त्रीा गाहामगरले कार्यक्रममा जानकारी दिएका छन् ।
आर्थिक मामिला तथा कानुन मन्त्रालयका सचिव बद्रीनाथ अधिकारीले पत्रकारिता क्षेत्र र पत्रकार सरकार तथा आम नागरिकको मध्यस्तकर्ता भएको बताएका छन् । पत्रकारले निष्पक्ष भएर पत्रकारिताको भूमिका निर्वाह गर्नुपर्नेमा उनको जोड थियो । साथै पत्रकारले सत्यतथ्य सुचनालाई आम नागरिक समक्ष प्रवाह गर्नुपर्ने उनको भनाई थियो । कार्यक्रममा मन्त्रालयका सचिव अधिकारीले मुस्ताङको र यहाँको पर्यटन क्षेत्रको विकास र समृद्धिका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्न सम्पूर्ण पत्रकारलाई आग्रह गरेका छन् ।
कार्यक्रममा पत्रकार महासंघ मुस्ताङका अध्यक्ष सुन्दरकुमार थकालीले जिल्लामा अन्य सुलभ जिल्लाभन्दा मुस्ताङमा पत्रकारिता पेसा निकै चुनौत्ीपूर्ण भएको बताएका छन् । मुस्ताङका धेरै पत्रकार व्यवसायिक तथा पेसामा आवद्ध भएकाले निरन्तर पत्रकारिता मात्रै गर्नेहरु थारै भएको उनको भनाई थियो । पुराना पत्रकार धेरै व्यवसायिक रुपमा अगाडि बढेको र नयाँलाई यो पेसामा आकर्षित गर्न नसक्नु अहिलेको आफूहरुको मुख्य चुनौती भएको अध्यक्ष थकालीको भनाई छ । कुनै विषयमा पत्रकारिताको धर्म अनुसार कलम चलाए पनि उनीहरुलाई नै विभिन्न समस्या आउने गरेको उनले कार्यक्रममा बताएका छन् ।
फोनिज गण्डकी प्रदेशका अध्यक्ष रुद्र श्रीष मगरको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति मुस्ताङका प्रमुख माया गुरुङ, फोनिज गण्डकी प्रदेशका इन्चार्ज एमबी आस्था मगरले फोनिजले मुस्ताङमा कार्यक्रम गरेर नयाँ सुरुवात गरेको बताएका थिए । कार्यक्रममा संसदीय पत्रकार मञ्च गण्डकी प्रदेशका अध्यक्ष भरत कोइरालाले पत्रकारिताको सम्बन्धमा सहजीकरण गरेका थिए ।
सम्बन्धित खबर
कुमारी ब्युटीको उद्घाटनमा रीमाले भनिन्, ‘आफूले प्रयोग गर्ने प्रडक्टबारे चेतना जरुरी छ’
माछापुच्छ्रे –९, सिधिङमा साविक वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
पोखरामा आजदेखि दाइँ महोत्सव
कास्कीको मादीमा नागीधार महोत्सव सुरु
फोनिज कास्कीको अध्यक्षमा बिनु थापा मगर
पोखरामा पुराना सवारीसाधनले लाइसेन्स ट्रायल दिनुपर्दा धेरै असफल भएपछि नयाँ व्यवस्था
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी
पोखराको ढुंगेसाँघु मेला निरन्तर