पोखरा। नेकपा एमाले केन्द्रीय सदस्य एवं पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङले महिलाहरु आयआर्जनसँग जोडिनुपर्नेमा जोड दिएकी छन्। नेकपा एमालेको ग्रास रुट अभियान अन्र्तगत अखिल नेपाल महिला संघ पोखरा महानगरपालिका वडा नम्वर १९ ले मंगलबार आयोजना गरेको उद्घोषण तालिमको समापन कार्यक्रममा बोल्दै समाजमा स्थापित हुन आर्थिक रुपमा सक्षम र बलियो हुनका लागि आयआर्जनसँग जोडिनुपर्ने बताइन्।
उनले महिलाहरुलाई आर्थिक रुपमा सक्षम बनाउने उद्देश्यले उपमेयरसंग महिला कार्यक्रम ल्याएको बताउदै उक्त कार्यक्रम मार्फत उद्यमी बन्न आग्रह गरिन्। उनले आर्थिक, सामाजिक र राजनीतिक रुपमा स्थापित हुन आर्थिकले भुमिका खेल्ने भएकाले रोजगार बन्नुपर्ने खाँचो औल्याइन्। उनले नेपाली प्रगतिशिल महिलाहरुको साँझा संस्थाको रुपमा अनेमसंघ रहेको बताउदै यसमा सहभागी हुन अनुरोध गरिन्। नेपाली महिला आन्दोलनको अगुवा संगठन भएकाले महिलाहरुलाई संगठित गदै अन्याय र अत्याचारका विरुद्धमा आवाज बुलन्द्ध पार्नुपर्ने खाँचो औल्याइन्।
उनले अनेमसंघको गठन पोखरा १९ बाटै भएको भन्दै यहाँका महिलाहरु जागरुक रहेको बताइन्। नेकपा एमाले पोखरा महानगर कमिटी अध्यक्ष दीलिप न्यौपानेले ग्रास रुट अभियानले एमालेलाई बलियो बनाउदै पहिलो शक्तिका रुपमा स्थापित गर्नुपर्नेमा जोड दिए। अनेमसंघ पोखरा १९ का अध्यक्ष हेमा केसीको अध्यतामा भएको कार्यक्रमको सञ्चालन सचिव सुनिता बास्तोलाले गरेको एमाले १९ का सचिव विकास गौतमले जानकारी दिइन्। उद्घोषण कलाको तालिमको प्रशिक्षकको रुपमा पत्रकार जमुना वर्षा शर्मा रहेकी थिइन्।
सम्बन्धित खबर
छोराको सम्झनामा जसले आफ्नो सबै सम्पत्ति प्रतिष्ठानमा सुम्पिए
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम
गण्डकी प्रदेश प्रमुख अस्पतालबाट डिस्चार्ज
लमजुङ केन्द्रबिन्दु भएर भूकम्प
ढोरपाटनमा यो वर्ष पहिलोपटक हिमपात
देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने