कास्की। पोखराको पावर हाउसबाट प्रहरीले लागु औषधसहित दुई जनालाई पक्राउ गरेको छ।
पोखरा महानगरपालिका -३० पावर हाउसचोकबाट नियन्त्रित लागु औषध सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा पर्सा जिल्ला सुघौली गाउँपालिका निवासी ३१ वर्षीय श्रीधन चौधरी र १७ वर्षीय किशोर छन् ।
आइतबार राति वीरगञ्जबाट पोखरातर्फ आउँदै गरेको लु १ ख ६१७० नम्बरको बसलाई वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीको टोलीले चेक जाँच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरेको हो। प्रहरीले उनीहरुको साथबाट लागु औषध नाईट्राभेट २ सय ४० ट्याब्लेट, डाईजेपाम २ सय एम्पुल, नुर्फिन २ सय एम्पुल र फेनारगन २ सय एम्पुल बरामद गरेको छ।
उनीहरुमाथि लागु औषध मुद्धामा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
सम्बन्धित खबर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अनुमति
छविलाई अनुसन्धान गर्न काठमाडौँ पुर्याइयो
कुमार रम्तेललाई काठमाण्डौमा बयान पछि पुनः पोखरा ल्याइयो
दाउराले टाउकोमा हानेर श्रीमानको हत्या
तनहुँमा साढे ६ लाखसहित कौडा खेलिरहेका १३ जना पक्राउ
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ