उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता

उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता

nirbachan_aayog 1

काठमाडौं । आगामी वैशाख १० गते हुने प्रतिनिधि सभाका रिक्त क्षेत्रको निर्वाचनका लागि आज सोमबार उम्मेदवारी दर्ता हुँदैछ।

चितवन–२, तनहुँ–१ र बारा–२ मा सोमबार उम्मेदवारहरुको मनोनयन दर्ता हुने भएको हो।

सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ ।

आयोगले आइतबार नै उपनिर्वाचन सम्बन्धि १० बुँदे निर्देशन पनि राजनीतिक दलहरूका लागि जारी गरेको छ । उम्मेदवारको मनोनयन गर्न जाँदा दलहरूले उम्मेदवार र समर्थक प्रस्तावकसहित २५ जना भन्दा बढीको समूह लैजान नपाइने र बाजागाजा वा झाँकी प्रदर्शन गर्न समेत नपाइने आयोगले जनाएको छ ।

त्यस्तै, उम्मेदवारको पहिचान, लोगो, टिसर्ट र ज्याकेट समेत लगाउन नपाइने आयोगको निर्देशनमा उल्लेख गरिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ