पोखरा । पोखरा १८ का वडाध्यक्ष शिवप्रसाद तिमिल्सीना र पोखरा ४ का वडाध्यक्ष देवकृष्ण पराजुली एकै मञ्चमा सम्मानित भएका छन् ।
सराङकोट स्थित सौरेखोला चौरपाखा मोटर बाटो निर्माण समितिले वडाध्यक्ष द्वय तिमिल्सीना र पराजुलीलाई बाटो निर्माणमा महत्वपूर्ण सहयोग पुर्याएको भन्दै दोसल्ला तथा सम्मानपत्रले सम्मानीत गरेको हो।
शनिबार आज आयोजित बाटो स्तरउन्नती कार्यको आयव्यय सार्वजनिक, सम्मान एवम् छलफल कार्यक्रमका बीच वडाध्यक्ष द्वय सम्मानित भएका हुन् ।
सम्मान पछि धारणा राख्दैपोखरा १८ का वडाध्यक्ष शिवप्रसाद तिमिल्सीनाले ओझेलमा परेका सडकहरुको स्तरउन्नतीमा वडाको ध्यान गएको उल्लेख गर्दै आगामि ४ वर्षमा सडक स्तरउन्नतीमा छलाङ मार्ने बताए । उनले पोखरा हेर्नका लागि सराङकोट उक्लनु पर्ने स्पष्ट पार्दैचौर हुँदै मेथलाङ पर्यटन पदमार्ग निर्माण गर्न वडा सकारात्मक रहेको पनि जनाए ।
पोखरा ४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले भौगोलिक विकटता भएका वडामा महानगरले प्राथमिकता दिनुपर्ने भन्दै विकास निरन्तर चल्ने प्रक्रिया भएको औँल्याए।
त्यस अवसरमा पोखरा १८ का वडा सदस्य द्वय नमराज सुवेदी र कल्पना ढकाल क्षेत्री, बाटो निर्माण समितिका अध्यक्ष श्रीभद्र पौडेल, सचिव माया अधिकारी, सल्लाहकार टंकप्रसाद अधिकारी, अनुगमन समितिका सदस्य हरिश्चन्द्र अधिकारी, कोषाध्यक्ष इन्द्रबहादुर केसी लगायतले सडकको महत्व माथि प्रकाश पारे ।
सम्बन्धित खबर
पोखरामा लागू औषध गाँजासहित एकजना पक्राउ
कास्कीमा एकनाले भरुवा बन्दुकसहित १ जना पक्राउ
म्याग्दीका तुल्सी पुन कोरियामा मृत फेला
छोराको सम्झनामा जसले आफ्नो सबै सम्पत्ति प्रतिष्ठानमा सुम्पिए
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम
गण्डकी प्रदेश प्रमुख अस्पतालबाट डिस्चार्ज
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते