मिटरब्याज पीडितलाई प्रधानमन्त्रीको आश्वासन : मेरै कार्यकालमा न्याय मिल्छ

मिटरब्याज पीडितलाई प्रधानमन्त्रीको आश्वासन : मेरै कार्यकालमा न्याय मिल्छ

pp

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नै कार्यकालमा मिटरब्याज पीडितको समस्या समाधान गर्ने प्रतिवद्धता जनाएका छन् ।

न्याय माग्दै प्रधानमन्त्री निवास बालुवाटार पुगेका मिटरब्याज पीडितसँग भेट गर्ने क्रममा प्रधानमन्त्री दाहालले मिटरब्याजी पीडितको समस्या कानून बनाएर दीर्घकालीन रुपमै समाधान गर्ने बताए ।

मिटरब्याज सामान्तवादको अवशेष रहेको बताउँदै उनले यो लडाई सबैले जित्नु पर्ने बताए । मिटरब्याज सामान्तवादको अवशेष रहेको बताउँदै उनले यो लडाई सबैले जित्नु पर्ने बताए । उनले भने, ‘मिटरब्याज पीडितको समस्या गम्भिर छ । यो मुद्या ठुलो र जित्नै चुनौती हामीसँग छ ।

मिटरब्याज समान्तवादको अवशेष हो । यो लडाई मेरै कार्यकालमा जित्नुपर्छ । दीर्घकालिन रुपमा यो समस्या समाधान गर्न कानून नै बनाउनु पर्छ । यसको तयारीमा सरकार छ । तपाईहरु समहति गरेर मात्रै यहाँबाट जानु होला ।’

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds