दोलखा केन्द्रबिन्दु भएर भूकम्प

दोलखा केन्द्रबिन्दु भएर भूकम्प

earth_queak

काठमाडौं । दोलखाको सुरी केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

दोलखाको सुरी केन्द्र बिन्दु भएर शनिबार बिहान ११ बजेर २७ मिनेट जाँदा ५.२ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको हो ।

यो भूकम्पको धक्का दोलखा, ओखलढुङ्गा, रामेछाप, सिन्धुपाल्चोक, नुवाकोट र काठमाडौँ उपत्यकामा समेत महसुस गरिएको थियो । पछिल्लो समय नेपालको पूर्व तथा पश्चिम क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जानेक्रम बढेको छ ।

यसअघि गत चैत १५ गते ताप्लेजुङको स्याओ केन्द्रबिन्दु भएर चार दशमलव छ रेक्टर स्केलको भूकम्प गएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds