काठमाडौं । मिटर व्याजी पीडितहरु आज प्रधानमन्त्रीसँग छलफल गर्नका लागि वालुवाटार पुगेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पीडितहरुसँग छलफल गर्न समय दिएपछि उनीहरु आज बिहानै प्रधानमन्त्री निवास वालुवाटार पुगेका हुन् ।
प्रधानमन्त्री निवास प्रवेश गर्दा पनि उनीहरूले मिटरब्याजी पीडितलाई न्याय देऊ भन्दै नाराबाजी गरेका थिए ।
पीडितहरु केही दिन अघि महोत्तरी र सर्लाही लगायत जिल्लाबाट १२ दिन पैदल यात्रा गरेर काठमाडौं आएका थिए ।
उनीहरुले मिटरब्याजीलाई कारबाही गर्नुपर्ने, आफूहरूसँग लिइएको धितो फिर्ता हुनुपर्ने लगायतका माग राखेर माइतिघरमा प्रदर्शन गरिरहेका छन् ।
उनीहरुले यसअघि गृह मन्त्रालयको वार्ता टोलीसँग छलफल गरेपनि निश्कर्ष हुन सकेको छैन ।
उनीहरुले आफूहरुको माग सम्बोधन नभए आन्दोलन जारी राख्ने चेतावनी दिइरहेका छन् ।
सम्बन्धित खबर
बालेन शाह परिचालित व्यक्ति हुन् भन्ने प्रष्ट भयो: शंकर पोखरेल
प्रधानमन्त्री ओलीका ९३ वर्षीय बुवालाई फोक्सो सम्बन्धी समस्या
राष्ट्रिय सूचना आयोगमा प्रमुख आयुक्त र आयुक्तहरू नियुक्त
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी: ऋण लिने हाम्रो अवस्था छैन
नेपालका को–को नेता पुगे कम्बोडिया ?
केदार ढकाल र बुद्धिराज गुरुङ एआईजी बने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ