आज नेपाली कांग्रेस छोडेको घोषणा गरेका डा. स्वर्णिम वाग्ले आगामी बैशाख १० गते हुन लागेको उपनिर्वाचनमा तनहुँको क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यको लागि उम्मेदवार बन्ने भएका छन् ।
उनी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बन्न लागेका हुन् । रास्वपाका नेता अरनिको पाण्डेले सामाजिक सञ्जाल ट्वटीरमा लेख्दै रास्वपाबाट वाग्ले उम्मेदवार बन्न लागेको उल्लेख गरेका छन् ।
कांग्रेसबाट गोविन्द भट्टराई उम्मेदवार हुने भएपछि वाग्लेले टिकट नपाएका हुन् । आगामी वैशाख १० गते हुने उपचुनावमा कांग्रेसका भट्टराई, रास्वपाका वाग्ले र एमालेबाट सर्वेन्द्र खनालबीच त्रिपक्षीय भिडन्त हुने भएको छ ।
देउवा-आरजुको हेपाई सहन नसकेको भन्दै छाडे कांग्रेस
अर्थविद् तथा नेपाली कांग्रेसका नेता वाग्लेले नेपाली कांग्रेसका नेताहरुलाई पत्र लेखेर पार्टी छाडेको जानकारी दिएका हुन् । देउवा–आरजु गिरोहको निरन्तर हेपाई र अपमानले पार्टी छाड्न बाध्य भएको उनले पत्रमा उल्लेख गरेका छन् ।
उनले भनेका छन्, ‘देउवा–आरजु गिरोहको निरन्तर हेपाइ र अपमानले यो स्थिति ल्याएको हो । अब कुरेर बस्ने कृपा र निगाहको जीवनपर्यन्त राजनीतिभन्दा समयसीमा तोकेर आफ्नो उमेर, ज्ञान र ऊर्जा सान्दर्भिक रहँदै ’डेलिभरी’ को प्रयोगमा जान चाहे । यो निर्णय लिनुअघि हजुरहरूसँग भेटेको भए निश्चय पनि कांग्रेस नछोड्न भन्नुहुने र त्यसपछि छोड्दा अवज्ञा गरेको हुने भएकोले श्रद्धापूर्वक पछि नै हामी बस्नेछौँ ।’
कांग्रेस पार्टीमा निर्णयक हैसियत बनेको दिन फेरी जोडिने बताउँदै उनले पत्रमा भनेका छन्, ‘त्यतिन्जेल जहाँजहाँ रहन्छौँ, त्यहीँबाट सहकार्य र सहयोग गर्ने र अहिलेको आत्मीय मित्रता कायम राख्ने वाचा गर्दछु ।’
केही महिनाअघि भएको चुनावमा उनले उम्मेदवारी दिने तयारी गरेका थिए । तर, कांग्रेसले वाग्लेलाई टिकट दिएन । त्यसयता उनले कांग्रेस बाट बाहिरिने र अन्यउ पार्टीसँग साँठगाँठ गर्ने आन्तरिक रुपमा गरिरहेको चर्चा चलेको समेत थियो ।

सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने