अनलाइनबाट ठगी गरेको आरोपमा ९ चिनियाँ सहित १० नेपाली नागरिक पक्राउ

अनलाइनबाट ठगी गरेको आरोपमा ९ चिनियाँ सहित १० नेपाली नागरिक पक्राउ

arrest

काठमाण्डाै। अनलाइनबाट ठगी गरेको आरोपमा प्रहरीले नौ चिनियाँ सहित १० जना नेपाली नागरिकलाई पक्राउ गरेको छ । बूढानीलकण्ठ नगरपालिका ४ महादेवखोला र काठमाण्डाै महानगरपालिका ४ चण्डोल क्षेत्रबाट पक्राउ परेका उनीहरूलाई प्रहरीले आज बुधवार सार्वजनिक गरेको हो ।

उनीहरूले काठमाण्डाैका विभिन्न ठाउँमा घर भाडामा लिई अनलाइनबाट ठगी गर्ने गरेको पाइएको उपत्यका अपराध अनुसन्धान कार्यालय बानेश्वरका प्रमुख एसएसपी मनोज केसीले जानकारी दिए । गिरोहले ह्वाट्सएपमा अनलाइनमार्फत व्यवसायमा संलग्न भए ३० प्रतिशतसम्म फाइदा हुने भन्दै नेपाली नागरिकलाई ठग्ने गरेको उनले बताए ।

साथै उनीहरूले मासिक १० हजार दिने भन्दै नेपाली नागरिकको नाममा बैंक खाता खोलेर पीडितहरूलाई त्यही खातामा पैसा पठाउन लगाउने गरेको पाइएको छ ।

पक्राउ परेकाहरूको साथबाट १२ थान ल्यापटप, ७७ थान मोबाइल सेट लगायत विभिन्न उपकरणसहित चार लाख एक हजार आठ सय ८० रुपैयाँ पनि बरामद गरेको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds