पोखरा । रुद्रनाथ बराल र अशोक श्रेष्ठको जोडी पोखरा महानगरपालिका वडा नम्बर ८ स्तरिय व्याडमिण्टन प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । वडा नम्बर ८ को आयोजना तथा युनिक व्याडमिण्टन क्लवको संयोजनमा सिर्जनाचोकस्थित बराल सामुदायिक भवनको हलमा मंगलबारदेखि शुरु प्रतियोगितामा भेट्रान्सतर्फको डबल्समा वडाध्यक्ष समेत रहेका बरालको जोडीले फाइनलमा स्थान बनाएको हो ।
बराल जोडीले पहिलो खेलमा श्रीराम घिमिरे र कर्मा लामालाई तथा दोश्रो खेलमा रामकृष्ण तिमिल्सीना र गंगाबहादुर सुवेदीको जोडीलाई पराजित गरेको थियो । अब यो जोडीले उपाधीका लागि सरोज श्रेष्ठ र सुनिल पौडेलको जोडीसंग बुधबार प्रतिस्पर्धा गर्नेछ । सरोज जोडीले पहिलो खेलमा रेशम गुरुङ्ग र जसबहादुर गुरुङ्गलाई तथा दोश्रो खेलमा रबिन धमला र फुर्वा छिरिङ गुरुङ्गको जोडीलाई पराजित गरेको थियो ।
त्यस्तै, ओपनतर्फ मंगलबार भएको खेलहरुमा सुरेश तामाङ्ग र नारायण रानामगरले नविन गुरुङ्ग र अभिषेक थापाको जोडीलाई, अखिल कुमार शाही र रेशम थापाले थमन र जिवन गुरुङ्गको जोडीलाई पराजित गरे । अन्य खेलहरुमा विशाल अधिकारी र रामचन्द्र रामदामको जोडीले रामु मगर र जगत गुरुङ्गको जोडीलाई, देवन मगर र सूर्य थापाको जोडीले एकबहादुर र सूर्य बुढाथोकीलाई, श्याम थापा र दिल सुनारीले देवेन्द्र गुरुङ्ग र जुक्तमान गुरुङ्गलाई तथा चन्द्र गुरुङ्ग र नरबहादुर थापाले सूर्य पौडेल र योगेश श्रेष्ठलाई पराजित गरे ।
यसअघि वडाध्यक्ष रुद्रथान बरालले अफिसियललाई खेल समाग्री हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गरेका थिए । सो अवसरमा उनले वडावासीविच भाइचारा सम्बन्ध प्रगाढ पार्न तथा स्वास्थ्य समाज निर्माणका लागि वडाले यो प्रतियोगिता आयोजना गर्दै आएको बताए । यो कार्यक्रमलाई रातो किताबमै राखेर हरेक वर्ष उत्कृष्ट बनाउँदै लैजाने उनको भनाई थियो । कार्यक्रमका विशेष अतिथि वडा नम्बर ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले आगामी वर्षहरुबाट आफ्नों वडाले पनि खेलकुदका क्रियाकलाप शुरु गर्ने जनाए ।
वडा नम्बर ५ का पूर्ववडाध्यक्ष डिवी नेपालीले महानगरका हरेक वडाले आ–आफ्नों वडामा खेलकुद गतिविधी सञ्चालन गर्नुपर्नेमा जोड दिए । वडा सचिव सविता ढुङ्गानाले सञ्चानल गरेको कार्यक्रममा वडा सदस्य गोविन्द बरालले स्वागत गरेका थिए । दुई दिने प्रतियोगितामा ४२ खेलाडीले भाग लिएका छन् ।
सम्बन्धित खबर
पत्रकार त्रिभुवन पौडेलको स्मृतिमा फागुन १६ देखि पुम्दीभुम्दीमा त्रिभुवन स्मृति कप हुने
पोखरामा फोहोर संकलन दौड प्रतियोगिता, सौगात र सक्षमको जोडीले जित्यो ५० हजार
हिसान गण्डकी फुटसलको उपाधि गुरुकुल विद्यासदन र इन्फोम्याटिक्सलाई
जुनियर खुल्ला राष्ट्रिय जुडो प्रतियोगिता– २०८१ फागुन ९ र १० मा हुने
घान्द्रुक किम्चेलाई पराजित गर्दै ठकुरी समाजले जित्यो सिधिङ भलिबलको उपाधि
हिसान फुटसलमा सगरमाथा, कास्की मोडनाइज, गुरुकुल र अरनिको सेमिफाइन प्रबेश
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो