आज चैतेदशैं पर्व मनाइँदै

आज चैतेदशैं पर्व मनाइँदै

durga_mata

पोखरा । आज बुधबार चैत्र शुक्ल अष्टमी अर्थात् चैते दशैं । हरेक वर्ष यस दिन नवदुर्गा एवं शक्तिस्वरूपा भगवतीको पूजाआराधना गरी मनाइन्छ । चैत्र शुक्ल पक्षलाई वासन्ती नवरात्र पनि भनिन्छ।

चैत प्रतिपदाका दिनदेखि सुरू हुने चैत्र नवदुर्गाको आठौं दिन महाकालीको विशेष पूजा गर्ने गरिन्छ ।

असुर शक्तिमाथि दैवी शक्तिको विजय तथा असत्यमाथि सत्यको विजयका रुपमा लिइने दशैं हिन्दू धर्मावलम्बीहरुले वर्षमा दुई पटक (असोज र चैतमा) मनाउने गर्दछन् । असोजमा मनाइने दशैंलाई ‘बडादशैं’को रुपमा मनाइन्छ भने चैत शुक्ल अष्टमीमा मनाईंने दशैंलाई ‘चैते दशैं’ भनिन्छ ।

देशका विभिन्न शक्तिपीठहरुमा बुधबार बिहानैदेखि पूजा गर्नेहरुको भीड लागेको छ । दशैंघर तथा कोतहरुमा महाकालीको पूजा गर्ने गरिन्छ । असोजको बडादशैंको जस्तो यो बेलामा जमरा भने चैते दशैंमा प्रयोग हुँदैन ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds