कास्कीका नेता जंगलीले माधव नेपालको साथ छाडे

कास्कीका नेता जंगलीले माधव नेपालको साथ छाडे

Chudamani Jangali

नेकपा एकीकृत समाजवादीका दुई प्रभावशाली नेताले पार्टी परित्याग गरेका छन् ।

उपाध्यक्ष केदारप्रसाद न्यौपाने र स्थायी कमिटी सदस्य चुडामणि जंगली बिक आजदेखि औपचारिकरुपमा पार्टीबाट बाहिरिएका हुन् । आज बसेको समाजवादीको सचिवालय बैठकले उनीहरुले बुझाएको राजीनामा स्वीकृत गरेको महासचिव घनश्याम भुसालले जानकारी दिए । समाजवादी छाडेका नेताहरू पुरानै घर एमालेमा फर्किन लागेको चर्चा छ ।

राजीनामा दिएका नेता जंगली कास्कीका हुन् । जंगली नेकपा एकीकृत समाजवादीको गण्डकी प्रदेश सह–इन्चार्ज थिए । एमालेमा हुँदा उनी केन्द्रीय सदस्य थिए । जंगली दोस्रो संविधानसभा सदस्य हुन् ।

पार्टी नेतृत्वका गतिविधि चित्त नबुझेपछि उनले एक महिनाअघि नै राजीनामा पठाएको बुझिन्छ । राष्ट्रपति निर्वाचनका बेला जब माधव नेपाल स्वयं राष्ट्रपति नबनी अरू बनाउन हिँडे, त्यसलगत्तै पार्टीका शीर्षस्थ नेताहरू जाेडिएका फेसबुक ग्रुप च्याटमा जंगलीले अब पार्टीमा नरहने निर्णय गरेकाेबारे खुलासा गरेकाे निकटस्थहरू बताउँछन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds