पेट्रोल पिउँदा २१ महिने बालकको मृत्यु

पेट्रोल पिउँदा २१ महिने बालकको मृत्यु

baby

दोलखा । पेट्रोल सेवनका कारण दोलखाको कालिञ्चोक गाउँपालिका ३, सिंगटीमा एक बालकको मृत्यु भएको छ ।

कालिन्चोक– ९ सुन्द्रावती स्थायी घर भई सिंगटीमा व्यवसाय गर्दै आएका मुरारी सेढाईंका २१ महिने छोरा सक्षम सेढाईंको पेट्रोल सेवनबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

घरमा मोटरसाइकलमा हाल्न राखिएको पेट्रोल बालकले खाएका थिए ।

पेट्रोल खाएका बालकको सिंगटीमा उपचार हुन नसकेपछि दोलखाबाट धुलिखेल अस्पताल ल्याइएको थियो । उपचारकै क्रममा बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds