बोल्न नदिएर मुख थुनेको भन्दै संसद्‍मा सरकारको जवाफ माग

बोल्न नदिएर मुख थुनेको भन्दै संसद्‍मा सरकारको जवाफ माग

bimala_rai_paudyal_5RqHSjuLww

काठमाण्डौ। प्रधानमन्त्री सहभागी कार्यक्रममा नाराबाजी गरेको भन्दै केही युवाको मुख प्रहरीले थुनेको विषयले संसद्‍मा प्रवेश पाएको छ । बुधबार राष्ट्रिय सभाको बैठकमा सांसद डा. विमला राई पौड्यालले युवाहरुमाथि प्रहरीले बोल्न नदिएर मुख थुनेको विषयमा सरकारसँग जवाफ माग गरेकी हुन् ।

मंगलबार प्रधानमन्त्री दाहाल ५८ औं अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलन सार्वजनिक समारोहमा जाँदै गर्दा तीन जना युवाले प्रधानमन्त्रीबिरुद्ध नाराबाजी गरेका थिए । प्रधानमन्त्रीविरुद्ध नाराबाजी हुन थालेपछि प्रहरीले युवाहरुको मुख थुनेर बोल्न रोक्न खोजेको थियो र उनीहरुलाई पक्राउ गरिएको थियो ।

सोही विषयमा आज सांसद पौड्यालले यस बारेमा सरकारको जवाफ माग गरेकी हुन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds