आज घोडेजात्रा पर्व मनाइँदै

आज घोडेजात्रा पर्व मनाइँदै

ghode-jatra

काठमाडौँ । काठमाडौँ उपत्यकामा आज (मंगलबार) घोडेजात्रा पर्व मनाइँदै छ। हरेक वर्ष चैत कृष्ण औंसीका दिन घोडेजात्रा पर्व मनाउने चलन छ ।

घोडेजात्रा अत्यन्तै पुरानो अनि सामाजिक जात्राका रूपमा प्राचीनकालदेखि नै काठमाडौं उपत्यकामा मनाइँदै आएको परम्परा हो।

घोडेजात्राको अवसरमा नेपाली सेनाले हरेक वर्ष काठमाडौंको टुँडिखेलमा अश्वकलाको प्रदर्शनी गर्दै आएको छ। यस्तै, ललितपुरको पाटनमा एक्लो घोडा दौडाएर घोडेजात्रा मनाउने चलन छ।

परापूर्वकालदेखि उपत्यकाको मानव वस्तीमा राक्षसले बालबालिका खाइदिने तथा विभिन्न दुःख दिने गरेको र उक्त राक्षसलाई घोडाको टापले कुल्चाएर मारिएको किंवदन्तीका आधारमा घोडजात्रा पर्व मनाइएको पाइन्छ।

अर्को किंवदन्तीअनुसार प्रत्येक वर्षको चैत्र शुक्ल प्रतिपदाबाट नयाँ वर्षको थालनी हुने विश्वासका आधारमा उक्त दिनको अघिल्लो दिन चैत्र कृष्ण औंसीमा घोडा कुदाएर अश्वयात्रा गरी नयाँ वर्षलाई स्वागत गरिने प्रचलन रहेको हो।

घोडेजात्राको अवसरमा सरकारले काठमाडौँ उपत्यकामा मंगलबार सार्वजनिक बिदा दिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ