नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीको छैटौं प्रदेशसभा सम्पन्न

नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीको छैटौं प्रदेशसभा सम्पन्न

20230320_145057

पोखरा । नेपाल उद्योग वाणिज्य महासंघको गण्डकी प्रदेश छैटौं प्रदेशसभा सम्पन्न भएको छ ।

प्रदेसशभाको उद्घाटन सत्रमा बोल्दै गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उद्योग व्यवसायसंगै आर्थिक क्षेत्र फस्टाउने महत्वपूर्ण पूर्वाधार राजनैतिक स्थिरता रहेको बताए । उनले मुलुकको उद्योग व्यवसाय तथा वाणिज्य लगायत क्षेत्रले राज्यलाई ठूलो सहयोग गर्ने स्वतन्त्र निकाय रहेपनि राज्यले उचित नीति बनाउन नसक्नु दुःखदायी रहेको सुनाए । उनले देशमा राजनैति अस्थिरताका कारण कुनैपनि पुँजीवादीले लगानी गर्न नखोज्दा अर्थतन्त्र धरातलमा पुगेको स्पष्ट पारे ।

‘उद्योग व्यवसाय फस्टाउने महत्वपूर्ण पूर्वाधार राजनैतिक स्थिरता हो । राजनैतिक स्थिरता भयो भने स्वदेशीसंगै विदेशी पुँजीकर्तासमेत लगानी गर्न डराउँदैनन् । तपाईँहरुकै कारण लाखौंले नेपालमा रोजगार पाइरहेका छन्’ उनले भने,‘विश्वका विकसित राष्ट्रहरुलाई हेर्ने हो भने राज्य संचालन गर्ने नेताको सिर्जनशिलताले उद्योग व्यवसाय फस्टाएका छन् र देशको अर्थतन्त्र उकासिएको छ तर हाम्रो जस्तो मुलुकमा अस्थिरताका कारण केहि पनि हुन सकिरहेको छैन् ।’ उनका अनुसार देशमा स्थाईत्व हुनेगरी सरकार बनेमा लगानीकर्ताले समेत ढुक्क भएर लगानी गर्ने वातावरण बन्ने बताए । उनले अहिले सरकार परिवर्तन हुँदै गर्दा नीति समेत परिवर्तन हुनाले निकै ठूलो समस्या खेप्न बाध्य भएको बताए ।

विशेषगरी पछिल्लो समय बैंकले ब्याजदर वृद्धि गर्दा उद्योग तथा व्यवसायीहरु मारमा परेको र सन्तुष्ट हुने वातावरण छैन् । गण्डकी प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष गिरिधारी शर्मा पौडेलले गण्डकी प्रदेश सामाजिक क्षेत्रमा अग्रिम स्थानमा रहेपनि उद्योग व्यवसायको क्षेत्रमा भने निकै पछि रहेको बताए । उनले अब गण्डकी प्रदेश सरकार उत्पादनसंग जोडिनुपर्नेमा जोड दिए । अब गण्डकी प्रदेशमै आयातित सामानलाई प्रतिस्थापन गर्नेगरी स्थानीय स्तरमै उत्पादन गरी बजारमा ल्याउन उद्योग तथा व्यवसायीलाई आग्रह गरे । ‘गण्डकी प्रदेशको स्थिति हेर्ने हो भने सामाजिक क्षेत्रमा अग्रस्थानमा छ तर उद्योग व्यवसायमा भने पछारी रहेको छ’ उनले भने,‘गण्डकी प्रदेशले उत्पादन मुलक क्षेत्रमा ध्यान दिन जरुरी छ त्यसका लागि तपाईँहरु आफैले उत्पादन गर्नुस भन्ने आग्रह गर्दछु । यहि उत्पादन गरेर विक्रि गरौं ।’ उनले गण्डकीमा सडक पूर्वाधारसंग अब उद्योग पूर्वाधारलाई समेत अघि बढाउनुपर्ने बताए । उनले गण्डकीमा सुरक्षित औद्योगिकीकरण सुरु भएकाले लगानीकर्ता तथा उद्योगपतिलाई गण्डकीमै ठूला उद्योग खोल्न आग्रह गरे । साथै अहिले बंैकहरुले लिएको चर्को ब्याजदरको विषयमा आफै बसेर छलफल गरी समस्याको समाधान निकाल्न समेत सुझाव दिए । गण्डकी प्रदेशसभा सदस्य महेन्द्रध्वज जिसिले उद्योग व्यवसायी र राज्य एकअर्का संग जोडिएको क्षेत्र रहेको बताए । उनले अहिलेको स्थितिमा एकले अर्कोलाई समस्या सुनाउने स्थिति बाहेक अन्य विकल्प नबनेको बताए । गण्डकी प्रदेश सरकारसंग आवश्यक अधिकार नहुँदा उद्योग, व्यवसायी तथा व्यापारीको मर्का सुन्ने र संघ सरकारलाई गुनासो सुनाइदिने काम मात्रै गर्न परेको बताए ।

नेपाल उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष आनन्द राज मुल्मीले राज्य आर्थिक धरातलमा दिनप्रतिदिन फस्दै गएको बताउँदै यसको रोकथामका लागि राज्य निरिह देखिएको स्पष्ट पारे । राज्यले राजस्व चुहावट र कर छलिका कारण आन्तरिक ऋण लिन बाध्य भएको बताए । राज्यले उचित नीतिको व्यवस्था नगर्दा उद्योग व्यवसायीको मात्र नभई समग्र राज्यकै अर्थतन्त्र धरासायी बनेको उनको भनाइ रहेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष संजिब कोइरालाले बैंक तथा वित्तीय संस्थाले कर्जामा गरेको ब्याज वृद्धि तथा अव्यवहारिक चालु पुँजी कर्जा निर्देशिकाका कारण यो वर्ष सिंगो निजी क्षेत्र प्रताडित बनेको बताए । आफुहरुले पटक –पटक सरोकारवाला निकायहरुको ध्यानाकर्षण गराएपनि मागको सुनुवाई नभएको गुनासो पोखे । उनले महासंगको मुख्य चासो उद्योग व्यवसायीमैत्र वातावरण रहेको सुनाए । राज्यलाई कर तिरेर समेत आफुहरुले सहज रुपमा सामग्रीहरु विक्रि गर्न नपाएको बताए । ‘राज्यलाई कर तिरेर निश्चित ठाउँमा मदिरा र मनोरञ्जन प्रदान गर्न पर्यटन उद्योगको धर्म हो । तर रातको समयमा मदिरा र अन्य अत्यावश्यक सामग्रीका पसलहरु खुल्न पाइदैन’ उनले भने,‘देशका मुख्य पर्यटकीय केन्द्रहरु ठमेल, लेकसाइड, सौराह, नवलपुर लगायतका निश्चित मापदण्ड कायम सहज विक्रि वितरणको व्यवस्था हुनुपर्छ भन्ने हाम्रो माग हो ।’ कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठ, पुर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठ, उपाध्यक्ष दिनेश श्रेष्ठ, उपाध्यक्ष रामचन्द्र संघाइ, पुर्व अध्यक्ष चण्डीराज ढकाल, लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण प्रसाद शर्मा लगायतले आफ्नो भनाइ राखेका थिए ।

पत्रकार बासुदेव मिश्र सम्मानित

पत्रकार बासुदेव मिश्र नेपाल उद्योग वाणिज्य महासंघबाट सम्मानित भएका छन् । पत्रकारिताको माध्यमबाट नीजि क्षेत्रका एजेण्डा मुखरित गर्ने काम गरेको भन्दै संस्थाका सचिवालय कर्मचारी समेत रहेका पत्रकार मिश्रलाई नगद सहित सम्मान गरिएको हो ।

मिश्रलाई गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले दोसल्ला आढाई सम्मानपत्र र नगदले सम्मान गरेको हो । पत्रकार मिश्रसंगै कर्मचारी निशान खनाल, कोषध्यक्ष श्रवणकुमार जोशी, उपाध्यक्ष ओमप्रसाद पौडेल र स्थापनाकाल देखी नै संस्थामा योगदान दिएका मोति प्रसाद पौडेललाई सम्मानपत्र, दोसल्ला र नगदले सम्मान गरिएको हो । यस्तै महासंगले उत्कृष्ट शाखाको रुपमा गैडाकोट उद्योग वाणिज्य संघलाई सम्मान समेत गरेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ