पोखरा । सशत्र प्रहरी बल गण्डकी प्रदेशका प्रमुख तथा गण्डकी प्रदेश सुरक्षा समितिका सदस्य डिआइजी शम्भु सुवेदीलाई आन्तरिक मामिला तथा कानून मन्त्रालय गण्डकी प्रदेशले विदाई गरेको छ ।
काठमाडौं सरुवा हुनुभएका सुवेदीलाई प्रदेश सुरक्षा समितिको नियमित बैठकको अवसरमा आन्तरिक मामिला तथा कानूनमन्त्री रोशन बहादुर गाहा थापाले ढाकाको टोपी, खादा, माला तथा मायाको चिनोमार्फत विदाई गरे ।
सो अवसरमा बोल्दै मन्त्री गाहामगरले उत्तरोत्तर प्रगतीको कामनासहित थप सफलताको शुभकामना व्यक्त गरे । गण्डकी प्रदेशबाट सरुवा भएपनि आवश्यक परेको खण्डमा आगामी दिनमा डिआइजी सुवेदीसँग समन्वय गर्ने धारणा राखे ।

सो विदाई कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव बद्रीनाथ अधिकारी, नेपाल आर्मी विजयपुरका पृतनापति दिपक कुमार बाँनिया, राष्ट्रिय अनुसन्धान विभागका गण्डकी प्रदेश प्रमुख अनुसन्धान निर्देशक मधु कार्की, नेपाल प्रहरीका प्रहरी उपरीक्षक खड्क बहादुर खड्का, मन्त्रलायका उपसचिव चण्डिका पौडेल लगायत मन्त्रालयका कर्मचारीहरुले ढाकाको टोली, खादा, माला तथा मायाको चिनो प्रदान गरिएको थियो ।
प्रदेश सुरक्षा समितिको नियमित बैठकमा शान्ति सुरक्षा, विपद् व्यवस्थापन, स्ववियु निर्वाचन लगायतको विषयमा छलफल भएको थियो ।
सम्बन्धित खबर
लमजुङ केन्द्रबिन्दु भएर भूकम्प
ढोरपाटनमा यो वर्ष पहिलोपटक हिमपात
देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना
स्याङ्जाका किसानले बेचे ६० लाखको सुन्तला
नवग्रह मन्दिर अनुष्ठानमा डा. स्वामी केशवानन्दले दर्शन गरि दिए प्रवचन
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने