पोखरा । पोखरा भन्नेबित्तिकै धेरैको दिमागमा ताल, हिमाल, कला, साहित्य र लाहुरे लगायत आइहाल्छ । लाहुरेसँगै पोखरा भन्नेबित्तिकै सम्झिने यहाँको फेसन र जीवनशैली पनि हो । पश्चिमा संस्कृति होस् वा परम्परागत, पोखराले नयाँनयाँ पन खोजिरहन्छ ।
पोखरेली तन्नेरी पुस्ता अरुभन्दा आफूमा फरकपन आभाष गर्नकै लागि सौन्दर्यमा पनि उत्तिकै ध्यान दिन्छन् । यहाँको फेसनदेखि जीवनशैलीलाई पछ्याउँदै पोखरामा सौन्दर्यको नयाँ ब्राण्ड थपिएको छ – हेयर एन्ड शान्ति ।
केश सज्जा र सौन्दर्यमा २ दशभन्दा लामो अनुभव बटुलेको हेयर शान्तिको पोखरामा खुलेका ११ औं शाखा हो । साढे एक करोड रुपैयाँ लगानीमा खुलेको हेयर शान्ति पोखरा न्युरोडमा फागुन २८ गतेदेखि सञ्चालनमा आएको हो ।
चिप्लेढुंगादेखि करिब सय मिटर तल पोखरा सेन्ट्रल कप्लेक्सको दोस्रो तलामा खुलेको सैलुनमा महिला तथा पुरुष दुवैले सेवा लिन सक्ने हेयर शान्तिकी निर्देशक अनुजा श्रेष्ठले जानकारी दिइन् ।
पोखरा शाखामा हेयर कट, कलरिङ, केराटिनजस्ता केश सज्जाका सेवा तथा मेनिक्योर–पेडिक्योर, नेल आर्टलगायत अनुहार र सौन्दर्यसँग सम्बन्धित सम्पूर्ण सेवा उपलब्ध हुने हेयर श्रेष्ठको भनाइ छ ।
‘सौन्दर्यको क्षेत्रमा देशका अन्य ठाउँमा सफल भइसकेपछि हामीले पोखरालाई पनि उपयुक्त गन्तव्य मान्यौं । त्यसैले अहिले पोखरेलीलाई भरपर्दो र गुणस्तरीय सौन्दर्य प्रशाधनका सामग्रीसहित खुलेका छौं,’ निर्देशक श्रेष्ठले भनिन्, ‘सुरुआतमा यहाँबाट कपाल वा सौन्दर्यका कुनैपनि सेवा लिएवापत २५ प्रतिशत छुटको व्यवस्था गरेका छौं ।’
पोखरा शाखामा एकैपटक २५ जना सेवाग्राहीले सेवा लिन सक्नेछन् । हेयर एण्ड शान्तिले लोरेल, म्याट्रिक्स, लोटस, क्स्मारा, अरोमा, एडो, प्रोटेक जस्ता ब्रान्डेड सौन्दर्य प्रसाधन प्रयोग गर्ने गरेको निर्देशक श्रेष्ठ बताउँछिन् । ‘१० हजारको मेम्बरसिप बनायो भने १५ हजार बराबरको छुट, २५ प्रतिशत छूट पाइनेछ, यो अहिलेको ग्रान्ड अवसर पनि हो,’ उनले भनिन् ।
हेयर शान्तिकी सिनियर हेयर ड्रेसर रुपा शाक्यले सेवाग्राहीको छाला, केशअनुसारमात्रै आफूहरुले सेवा दिने बताइन् । ‘राम्रो राम्रो टेक्निसियन राखेका छौं । सबै भारतबाटै प्रशिक्षित हुनुहुन्छ । हाम्रो प्रोडक्ट पनि सबै भारतबाटै आउँछ । स्किन, हेयर विश्लेषण गरेरमात्रै सोहीअनुसार सेवा दिन्छौं,’ उनले भनिन् ।
भारतको दिल्लीस्थित साउथ एक्सबाट सुरु सन् २००१ मा सुरु भएको हेयर एण्ड शान्तिले नेपालमा भने काठमाडौंको कमलादीबाट आफ्नो शाखा विस्तार गरेको हो । भारतमा यसको १२ वटा स्टोर सञ्चालनमा छन् ।
हेयर एण्ड शान्तिका काठमाडौंको ठमेल, नक्साल, नयाँ बानेश्वर, ललितपुरको जावलाखेल र चितवनको नारायणघाटमा शाखा खुलिसकेका छन् । ‘अब केही समयमा नै धनगढीमा १२ शाखा विस्तार गर्ने तयारीमा छौं,’ उनले भनिन् ।
सम्बन्धित खबर
गण्डकी प्रदेश प्रमुख अस्पतालबाट डिस्चार्ज
देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने