पोखरा-१८ भकुण्डेमा चितुवाको आक्रमणबाट २ युवक घाइते भएका छन् । त्यहाँ रहेको तुल्सीकुञ्ज कालिज फर्ममा बुधबार बिहान चितुवा पसेकाे हाे ।
चितुवाले फर्ममा काम गर्ने २८ वर्षका श्रीकृष्ण मल्ल ठकुरी र ३२ वर्षका राजेश तिमिल्सनालाई आक्रमण गरेको थियो । आक्रमण पश्चात झाडीमा पसेको चितुवा भने मृत अवस्थामा भेटिएको प्रहरीले जनाएकाे छ । तिमिल्सिनालाई चितुवा फर्मबाट फर्कने क्रममा आक्रमण गरेको थियो ।
घाइते ठकुरीको स्थानिय मेडिकलमा उपचार गरिएको छ भने तिमिल्सनाको पोखरा मेट्रोसिटि अस्पतालमा उपचार भएको छ । दुवै घाइतेको अवस्था सामान्य रहेको वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी वेद जाेशीले जानकारी दिए । प्रहरीका अनुसार उनीहरुको अनुहार र आँखामा कोतरिएको छ ।
आक्रमणबाट फर्ममा रहेका दुईवटा कालिज समेत मरेको छ । चितुवालाई नियन्त्रणमा लिनका लागि स्थानीय, प्रहरी र बन कार्यालयको टोली खटिएको थियो ।
मृत चितुवालाई बन कार्यालयको टोलीको जिम्मा लगाइएको छ । चितुवा नियन्त्रणका लागि प्रहरी वरिष्ठ नायब निरीक्षक ज्ञानेन्द्र बहादुर क्षेत्रीको नेतृत्वमा ७ जनाको टोली खटिएको थियो ।
सम्बन्धित खबर
गण्डकी प्रदेश प्रमुख अस्पतालबाट डिस्चार्ज
देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने