वडा कार्यालयको आर्थिक लगायतका विषयमा जानकारी लिन महानगर लेखा समितिको अनुगमन

वडा कार्यालयको आर्थिक लगायतका विषयमा जानकारी लिन महानगर लेखा समितिको अनुगमन

lekha 10

पोखरा । पोखरा महानगरपालिका सार्वजनीक लेखा समितिले वडा कार्यालयको लेखा प्रणाली, आर्थिक, प्रशासनीक, शिक्षा, स्वास्थ्य लगायतका विषयमा अनुगमन सुरु गरेको छ । वडा कार्यालयमा सम्पादन हुने लेखा सम्वन्धि कार्यहरु पारर्दशी भए नभएको, खर्च र आम्दानीका विषयमा अनुमगन गदै वडाका जनप्रतिनिधिसंग छलफल गरेको छ । लेखा समितिले सोमबार पोखरा महागनर वडा नम्वर १० बाट अनुगमन सुरु गरेको हो ।

लेखा समितिका सभापति झपट रानाभाट, सदस्यहरु बलराम पौडेल, विष्णुमणी बराल, दुर्गादेवी के.सी.थापा, रामजी प्रसाद पौडेल, लेखा समितिका सदस्यसचिव रोमनाथ उपाध्याय सहितको टोलीले वडाको खर्च खाता, आम्दानी खाता, प्रथम चौमासिकको कुल आम्दानी र खर्चको विवरणका बारेमा वडाध्यक्ष र वडा सचिवसंग जानकारी लिएका थिए । त्यस्तै वडामा ब्यवसाय दर्ताको अवस्था, घरबाटो फुकुवा, आयश्रोत प्रमाणीकरण, सम्पत्ति मुल्यांकन र अन्य सिफारिसको चलानी सख्या बारे जानकारी लिएको थियो ।

समितिले वडाभित्र विद्युत मिटर जडान सिफारिस, संस्था नविकरण सिफारिस र अन्य सिफारिसको अवस्था बारे जानकारी लिएको थियो । समितिले वडाभित्र सञ्चालनमा रहेका सामुदायिक र नीजि विद्यालयको अवस्था, नीजि विद्यालयले दिनुपर्ने छात्रबृत्ति, विद्यालय व्यवस्थापनमा जनप्रतिनिधिको सभागीता लगाएका बारेमा चासो राखेको थियो । समितिले कर तथा राजस्व असुलिको रकम बैकमा समयमा जम्मा भएको नभएको, कर तथा राजस्व असुलिको रकम नगदै रहेको नरहेको यदि रहेको भए कस्को जिम्मा रहेको नरहेको यदि रहेको भए कस्को जिम्मामा रहेको कर तथा राजस्व असुलिमा देखिएको समस्या, लेखा ब्यवस्थापनमा देखिएको समस्या र राजस्व परिचालनमा देखिएको सम्भावनाका बारेमा जनप्रतिनिधि र कर्मचारीसंग प्रश्न गरिएको लेखा समितिका संयोजक झपट रानाभाटले जानकारी दिए । उनले लेखा चुस्तदुस्त राख्नुपर्ने बताउदै वडा कार्यालहरुबाट हुने सेवा प्रवाहलाई थप ब्यवस्थित गर्न अनुगमनले सहज पु¥याउने विश्वास व्यक्त गरे । वडा अध्यक्ष राजेश गुरुङले लेखा ब्यवस्थापन, कर्मचारीहरुको कार्यसम्पाद सन्तोषजनक रहेको बताउदै राजस्व संकलनमा समस्या रहेको बताए ।

उनले घरभाडा कर संकलन हुन नसकेको बताए । मुख्य सडकहरुमा सञ्चालनमा रहेका ब्यवसायीले ३५ सयको घरभाडा सम्झौता ल्याउने गरेको र आफुले हस्ताक्षर नगरेको बताउदै यसलाई व्यवस्थित गर्नुपर्ने आवश्यकता रहेको बताए । वडा सदस्य पुणचन्द्र न्यौपानेले वडाभित्र रहेको औद्योगिक क्षेत्रभित्रका कति व्यसाय छन भन्ने बारे वडामा जानकारी नहुदाँ वडाको आम्दानीमा करोडौ रुपैयाँ गुमेको बताए । महानगरका ३३ वटै वडा कार्यालहरुको आर्थिक, प्रशासनिक, शिक्षा, स्वास्थ्य लगायतका विषयमा अनुगमन गर्ने र अनुगमनका क्रममा देखिएका कमजोरीहरुलाई सुधारका लागि निर्देशन दिने लेखा समिति संयोजक झपट रानाभाटले जानकारी दिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ