मोरङ। सहकारी संस्थाबाट रकम ठगी गरेको आरोपमा प्रहरीले संस्थाका क्षेत्रीय प्रबन्धकसहित ३ जनालाई पक्राउ गरेको छ ।
विराटनगर महानगरपालिका -२ स्थित तुलसी (बहुमुखी) बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबाट रकम ठगी भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले उक्त सहकारी संस्थाका क्षेत्रीय प्रबन्धकसहित ३ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा क्षेत्रिय प्रबन्धक विराटनगर -२ बस्ने मन्दिप खवास, संस्थाका उपाध्यक्ष उर्लाबारी नगरपालिका -६ घर भएकी अनिता गौतम र संस्थाका सचिव झापा भद्रपुर -१४ घर भई हाल विराटनगर – ३ बस्ने सविना न्यौपाने रहेका छन् ।
प्रहरीका अनुसार २०५२ सालमा स्थापना भएको उक्त संस्थाको मुख्य कार्यालय विराटनगर -२ मा रहेको र यही फागुन १ गतेदेखि सेयर सदस्यहरुलाई कुनै जानकारी नदिई कार्यालय बन्द गरी ठगी गरेको भनि सेयर सदस्यहरुले दिएको जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो ।
उक्त संस्थाले विभिन्न शिर्षकको बचत खातामा रहेको रकम, संस्थाको शेयर सदस्य हुँदा १५ प्रतिशत भन्दा बढी व्याज, बोनस लगायतका आकर्षक आर्थिक सुविधा पाउने आश्वासन र प्रलोभनमा पारी बचत गर्न लगाएको ठुलो रकम हिनामिना गरी कार्यालय बन्द गरेर सञ्चालक समितिका सबै पदाधिकारीहरू सम्पर्क विहीन हुँदै आएका थिए ।
सञ्चालकहरु नै फरार भए पश्चात आफूहरु ठगीमा परेको भन्दै फागुन २८ गते केही बचत कर्ताहरुले १२ करोड ९ लाख ४ हजार ४ सय ८७ रूपैया बराबरको रकम ठगी भएको भनि संस्थामा कार्यरत ८ जनाको बिरुद्धमा जाहेरी दिएको र सोही जाहेरीको आधारमा ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
घटनामा संलग्न अन्य ५ जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।
सम्बन्धित खबर
पेस्तोल तथा गोलीसहित दुई भारतीय पक्राउ
अवैध सुनचाँदी कारोबार गर्ने ४ जना भारतीय नागरिक पक्राउ
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते