जोमसोम–खन्ती सडकमा कालोपत्रेको काम सुरू

जोमसोम–खन्ती सडकमा कालोपत्रेको काम सुरू

pitch kalopatre

मुस्ताङ । मुस्ताङको थासाङ गाउँपालिकाको खन्तीदेखि सदरमुकाम जोमसोम जोड्ने सडक कालोपत्रेको काम गर्न सुरु गरिएको छ ।

कालीगण्डकी कोरिडोर अन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाले साढे १६ किलोमिटर दूरीको खन्ती–जोमसोम सडकखण्ड कालोपत्रेको काम सुरु गरेको हो । आयोजनाका प्रमुख जगत प्रजापतिले खन्तीदेखि कालोपत्रेको काम गर्न सुरु गरिएको र आस्कपाल्ट प्रविधिमार्फत कालोपत्रेको काम भइरहेको बताए।

यो सडकखण्डमा ११ मिटर चौडाइका दरले कालोपत्रे गरिएको छ । पप्पु–गौरी–पार्वती–कोसी एण्ड न्यौपाने नामका निर्माण कम्पनीहरु मिलेर २०७३ सालमा ९९ करोड ६२ लाख रुपैयाँमा सडक निर्माणको जिम्मा लिएकोमा ति कम्पनीहरुले काम नगरेपछि गौरी एण्ड पार्वती कम्पनीले गत पुस महिनामा निर्माणको जिम्मा लिएको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds