नवनिर्वाचित राष्ट्रपति पौडेलको शपथ र राष्ट्रपति भण्डारीको बिदाइ आज

नवनिर्वाचित राष्ट्रपति पौडेलको शपथ र राष्ट्रपति भण्डारीको बिदाइ आज

Ramchandra-paudel-bidhya-bhandari

काठमाण्डौ । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्ने भएका छन् ।

आज दिउँसो १ बजे राष्ट्रपति कार्यालयमा विशेष समारोहकासाथ पौडेलले शपथ ग्रहण गर्ने कार्यक्रम छ। नवनिर्वाचित राष्ट्रपति पौडललाई कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराउने छन् ।

संविधानमा राष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नुअघि सङ्घीय कानुन अनुसार प्रधानन्यायाधीश समक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था छ ।

नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वसभामुख पौडेल यहि फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका थिए ।

नवनिर्वाचित राष्ट्रपति पौडेलले शपथ लिएलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले आज शीतल निवास छाड्ने भएकी छन् ।

राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले नयाँ राष्ट्रपतिको शपथ ग्रहणपछि राष्ट्रपति भण्डारी निजी निवास सर्ने कार्यक्रम तय भएको बताए ।

राष्ट्रपति भण्डारीले हिजो आफ्नो कार्यकालको अन्तिम दिन राष्ट्रपति भवन शीतल निवासमा शीर्ष राजनीतिक नेतृत्वसँग सामूहिक भेट गरेकी थिइन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds