पोखरा । शितल्ज्योती युवा क्लब पोखरा-१२ को आयोजनामा पोखरामा जारी तेस्रो संस्करणको ‘शितलज्योति कप सेभेन ए साइड फुटबल’ प्रतियोगिता अन्तर्गत सोमबार छ खेल सम्पन्न भएका छन् ।
यही फागुन २० गतेदेखी अमरसिँहचौरमा सञ्चालन भइरहेको प्रतियोगितामा सोमबारको पहिलो खेलमा विटी क्लबले डेभिज फ्ल्स क्लबलाई २-१ गोलले पराजित गरी अघिल्लो चरणमा स्थान बनाएको छ । विटीले खेलको पहिलो हाफमा १ र दोस्रो हाफमा एक गरी दुई गोल गरेको थियो ।
संगम दर्जीले खेलको १३ औँ मिनेटमा गोल गरी अग्रता बनाएकामा दोस्रो हाफको २६ औँ मिनेटमा अनिल घर्तीले गोल गरी अग्रता दोब्बर बनाए । डेभिजफल्सका लागि अशोक खत्रीले ३२ औँ मिनेटमा सान्त्वना गोल फर्काए ।
त्यसैगरी सोमबारकै अर्को खेलमा रत्न समाजले आदर्श युथ क्लब भण्डारढिक माथि २-० को जित निकालेको छ । रत्नका विनय तामाङले पहिलो हाफको इन्ज्यरी समयको दोस्रो मिनेट र सिमोन तामाङले खेलको ३३ औँ मिनेटमा गोल गरेका थिए ।
यसैगरी शितलज्योती ए र एनएसजेएफ गण्डकीबीचको खेलको नियमित समयमा दुबै टोलीबाट कुनै पनि गोल नहुँदा खेल टाइब्रेकरमा पुगेको थियो । पेनाल्टी सुटआउटमा शितलज्योती ३-१ गोलले विजयी हुँदै अघिल्लो चरणमा स्थान सुरक्षित गर्न सफल भयो ।
यसैगरी ढुँगेसाँघु एएसि र मिलनटोलबीचको खेलमा मिलनटोल विजयी भएको छ । पहिलो हाफको छैटौँ मिनेटमा ढुँगेसाँघुका मिलन नेपालीले गोल गरी खेलमा अग्रता बनाएकामा खेलका ३१ औँ मिनेटमा मिलनटोलका मनिक गुरुङले गोल गर्दै खेल बराबरीमा ल्याए । टाइब्रेकरमा मिलनटोल ३-१ गोलले विजयी भएको छ ।
बारपाक एफसी र केआइइसीबुन एफसीबीचको खेलमा केआइइसीबुन ४-० को फराकिलो अन्तरले विजयी भएको छ । केआइसीबुनका विशालन सुनासर, मिलन गुरुङ, रोशन नेपालीले गोल गर्दा एक गोल उपहार पाएको थियो ।
सोमबारको अन्तिम खेल गन्नी एफसी र एलजी एकताबीचम हुने तय भएकामा गन्नी एफसीले खेलमा सहभागिता नजनाएपछि एलजी वाकओभर पाउँदै सिधै अघिल्लो चरणमा प्रवेश गर्न सफल भएको प्रतियोगिताका रेफ्री सौरव गुरुङले जानकारी दिए ।
फागुन २७ सम्म चल्ने प्रतियोगितामा २९ टिमको सहभागिता रहेको छ । प्रतियोगिताका बिजेताले १ लाख ५५ हजार ५ सय ५५, उपविजेताले ८५ हजार ५ सय ५५ रुपैयाको साथमा ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिता संयोजक सन्तोष गुरुङले जानकारी दिए ।
यसैगरी प्रतियोगितामा सेमिफाइनलमा प्रबेश गर्ने टिमले १० हजार पुरस्कार पाउनेछन् भने उत्कृष्ट खेलाडीलाई माउण्टेन वाइक पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिताको उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट सर्वाधिक गोलकर्ता, उत्कृष्ट प्रशिक्षकलाई जनही ५ हजारको साथमा ट्रफी पुरस्कार पाउनेछन् ।
सम्बन्धित खबर
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
पत्रकार त्रिभुवन पौडेलको स्मृतिमा फागुन १६ देखि पुम्दीभुम्दीमा त्रिभुवन स्मृति कप हुने
पोखरामा फोहोर संकलन दौड प्रतियोगिता, सौगात र सक्षमको जोडीले जित्यो ५० हजार
हिसान गण्डकी फुटसलको उपाधि गुरुकुल विद्यासदन र इन्फोम्याटिक्सलाई
जुनियर खुल्ला राष्ट्रिय जुडो प्रतियोगिता– २०८१ फागुन ९ र १० मा हुने
घान्द्रुक किम्चेलाई पराजित गर्दै ठकुरी समाजले जित्यो सिधिङ भलिबलको उपाधि
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने