पोखरा। पोखरामा नेपाली सहित विदेशी पर्यटकले पनि उत्साहका साथ होली मनाएका छन्। रंगहरुको पर्व होलीमा विगतमा जस्तै रेस्टुरेन्ट तथा बार एसोसिएसन (रेबान) ले होली विशेष कार्यक्रमको आयोजना गरेको थियो। जसमा नेपाली मौलिक बाजामा विदेशी सहित नेपालीले नाचगान तथा एकापसमा रंग दल्दै शुभकामना साटासाट गरे।

यता, डिहिकोपाटन स्थित पार्कमा पनि नेपाली युवायुवती र पर्यटकको उल्लेख्य भीड लागेको थियो। नेपालीसँगै विदेशी पर्यटक संगीतमा झुमिरहेका देखिन्थे। होलीको दिन लेकसाइडमा पोखरा आसपासका जिल्लाबाट समेत होली खेल्न युवायुवती आउने गर्दछन्।

होली लक्षित गर्दै ब्यापक ट्राफिक चेकजाँच
जिल्ला प्रहरी कार्यालय कास्कीले होली लक्षित गर्दै पोखराका चोक तथा गल्लीमा ब्यापक सुरक्षा चेक जाँच गरिरहेको जनाएको छ। होलीको दिनमा क्षमता भन्दा बढी मोटरसाइकलमा चढ्ने, हेलमेट नलगाउने, तीब्र गतिमा सवारी चलाउने, चर्को आवाजमा हर्न बजाउँदै लापरवाही तवरले सवारी चलाउने तथा मापसे गरी सवारी चलाउनेलाई लक्षित गर्दै प्रहरीले ठाउँ -ठाउँमा चेक प्वाइन्ट राखी निगरानी बढाएको हो।
जिल्ला प्रहरी कार्यालयका अनुसार हालसम्म सवारी नियम विपरित सवारी चलाउने दुई दर्जन बढी सवारीलाई नियन्त्रणमा लिइएको छ।




तस्बिर : अर्जुन थापा
सम्बन्धित खबर
रोटरी क्लबद्वारा हाईकिङको माध्यमबाट कास्कीकोटको प्रवर्द्धन
लामाचौरमा शिव दर्शन यात्रा, घार्मीमा शिव महिमा
पोखरामा लागू औषध गाँजासहित एकजना पक्राउ
कास्कीमा एकनाले भरुवा बन्दुकसहित १ जना पक्राउ
छोराको सम्झनामा जसले आफ्नो सबै सम्पत्ति प्रतिष्ठानमा सुम्पिए
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते