पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेकपा (एमाले) का स्थायी कमिटी सदस्य खगराज अधिकारीले नेपालका कम्युष्टिहरुलाई एक गराउने प्रयास सफल हुन नसकेको बताएका छन् ।
एमाले पोखरा महानगर कमिटीद्धारा आयोजित ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा बोल्दै अधिकारीले नेपालको एक मात्रै कम्युनिष्ट पार्टी नेकपा (एमाले) रहेको दाबी गरे ।
‘देशमा एमाले बाहेक अर्को कम्युनिष्ट पार्टी रहेन । रोहित हुनुहुन्छ । अरु सबैजना कांग्रेसको सती गए’,उनले भने ।
ज्येष्ठ कम्युनिष्टहरु योद्धाहरुले देखाएको बाटोमा हिडिरहेको बताउँदै उनले नेपाली कम्युनिष्ट आन्दोलनलाई अहिलेको अवस्थामा ल्याउन भुमिका खेल्ने सबै ज्येष्ठ नागरिकहरु प्रति नमन व्यक्त गरे ।
उनले आफुहरुले कहिल्यै पनि जानी जानी गल्ती नगरेको र नगर्ने बाचा गर्दै भने, ‘ हामी हाम्रै बाटोमा हिडिरहेका छौं, जानेसम्म गल्ती गरेका छैनौं र गर्दैनौं पनी ।’
कम्युनिष्टको साइन बोर्ड झुण्डाउने जति भएपनि व्यबहारमा एउटा मात्रै एमाले रहेको उनको दाबी थियो ।
कार्यक्रममा बोल्दै नेकपा (एमाले) केन्द्रीय सदस्य तथा गण्डकी सहइन्चार्ज मायानाथ अधिकारीले सुखानीको जंगलमा मृत्युवरण गरेका सहिदहरु प्रति सम्मान गरे ।
उनले सहिदको सपना पुरा गर्ने एक मात्रै कम्युनिष्ट पार्टी एमाले भएको दाबी गरे ।
नेकपा (एमाले) केन्दीय सदस्य तथा कास्की इन्चार्ज कृष्ण थापाले नेकपा (एमाले) एक मात्र सच्चा कम्युनिष्ट पार्टी रहेको दाबी गरे ।
उनले नेकपा (एमाले) को नेतृत्वमा नेपाली कम्युनिष्ट आन्दोलन अगाडी बढ्ने बताउँदै ज्येष्ठ नागरिकको सम्मान र सहिदको सपना एमालेले मात्रै पुरा गर्ने बताए ।
कार्यक्रममा पोखरा महानगरपालिकाका ३३ वटै वडामा रहेका ज्येष्ठ कम्युनिष्टहरुलाई माला र सम्मान पत्र प्रदान गरि सम्मान गरिएको थियो ।
सम्बन्धित खबर
रोटरी क्लबद्वारा हाईकिङको माध्यमबाट कास्कीकोटको प्रवर्द्धन
लामाचौरमा शिव दर्शन यात्रा, घार्मीमा शिव महिमा
पोखरामा लागू औषध गाँजासहित एकजना पक्राउ
कास्कीमा एकनाले भरुवा बन्दुकसहित १ जना पक्राउ
छोराको सम्झनामा जसले आफ्नो सबै सम्पत्ति प्रतिष्ठानमा सुम्पिए
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते