पोखरा । तेश्रो शितल ज्योति कप सेभेन ए साइड फुटवल प्रतियोगितामा अन्र्तगत आइतबार पहिलो चरणका ६ खेलहरु सम्पन्न भएका छन्। शितल ज्योति युवा क्लवको आयोजनामा पोखराको अम्मरसिंह खेल मैदानमा आइतबार भएको खेलमा तिला फुटवल क्लव, दीप यूनाइटेड, इलाइट एफ.सी., भद्रकालि एफ.सी., बी थट्टीन र कमल पोखरी बीले जित हासिल गरेका छन्।
आइतबारको पहिलो खेलमा तिला एफ.सी.ले जेम्स एफ.सीलाई ४—० को एकतर्फी फराकिलो गोल अन्तरले पराजित गर्यो । तिलाको जितमा अविशेक थापा, बादल रानाभाट, सन्जु मगर र रविन तामाङले गोल गरे । दोश्रो खेलमा इलाइट एफ.सी.ले कमल पोखरी एको समुहलाई २—१ को झिनो गोलअन्तरले पराजित गर्यो । इलाइटको जितमा कृष्ण कुमाल र सुदिप थापाले एक एक गोल गर्दा कमल पोखरीका सागर गुरुङले एक गोल गरे ।
तेश्रो खेलमा दीप युनाइटेडले यूनाइटेड अर्चलवोटलाई १—० को झिनो गोल अन्तरले पराजित गर्यो । दीपका प्रनिल रानाभाटले गरेको एक गोल नै निर्णायक बन्न पुग्यो । चौथो खेलमा भद्रकालि एफ.सी.ले सहज जित दर्ता गर्यो । प्रतियोगितामा नेपाल मुस्लिम युथ क्लब सहभागि नभएको हुदा भद्रकालिले वाकओभरमा सहज जित दर्ता गरेको हो ।
पाचौं खेलमा बि थट्टीनले याम्दी एफ.सी.लाई ३—० को शान्दार जित हासिल गर्यो । बि थट्टीनको जितमा दीपेश गुरुङले दुई र मिलन गुरुङले गोलको योगदान दिए । आइतबारको अन्तिम खेलमा कमल पोखरी बीले काउरे बयर घार्र २—१ को गोल अन्तरले पराजित गर्यो । कमल पोखरीको जितमा सन्दीप गुरुङले दुई गोल गरे । काउरेका समिर गुरुङले एक गोल गरे । यसैबिच, भोलि सोमबार पनि पहिलो ीलाइ चरणकै ६ खेलहरु हुने भएको रेफ्रि सौरव गुरुङले बताए ।
फागुन २७ सम्म चल्ने प्रतियोगितामा २९ टिमको सहभागिता रहेको संयोजक सन्तोष गुरुङले बताए । प्रतियोगिताका बिजेताले १ लाख ५५ हजार ५ सय ५५, उपविजेताले ८५ हजार ५ सय ५५ रुपैयाको साथमा ट्रफी मेडल र प्रमाणपत्र वितरण गरिने भएको उनले जनाए । सेमिफाइनलमा प्रबेश गर्ने टिमलाई १० हजार, प्रतियोगिताको क्वाटरफाइनलबाट म्यान अफ दी म्याच घोषित गरिने भएको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई माउण्टेन वाइक पुरस्कार वितरण गरिने भएको क्लवका अध्यक्ष नर प्रसाद गुरुङले बताए । प्रतियोगितामा उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट सर्वाधिक गोलकर्ता, उत्कृष्ट प्रशिक्षकलाई जनही ५ हजारको साथमा ट्रफी प्रदान गरिने भएको सचिव पुर्ण गुरुङले जनाए । स्थानिय खेलाडी उत्पादन गर्ने उद्धेश्यले उक्त प्रतियोगिता आयोजना गरिएको उनले बताए ।
सम्बन्धित खबर
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
पत्रकार त्रिभुवन पौडेलको स्मृतिमा फागुन १६ देखि पुम्दीभुम्दीमा त्रिभुवन स्मृति कप हुने
पोखरामा फोहोर संकलन दौड प्रतियोगिता, सौगात र सक्षमको जोडीले जित्यो ५० हजार
हिसान गण्डकी फुटसलको उपाधि गुरुकुल विद्यासदन र इन्फोम्याटिक्सलाई
जुनियर खुल्ला राष्ट्रिय जुडो प्रतियोगिता– २०८१ फागुन ९ र १० मा हुने
घान्द्रुक किम्चेलाई पराजित गर्दै ठकुरी समाजले जित्यो सिधिङ भलिबलको उपाधि
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो