पोखरा । मर्दीखोला नेपाल शैक्षिक प्रतिष्ठानले आफ्नो २४ औं वार्षिकोत्सवका अवसरमा ५ लाख बराबरको छात्रवृत्ती र शैक्षिक सामाग्री वितरण गरेको छ ।
कास्कीका विभिन्न सरकारी विद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत गरिब तथा जेहेन्दार १५ जना विद्यार्थीहरुलाई १२ हजारका दरले १ लाख ८० हजार छात्रवृत्तीका लागि नगद र ७ विद्यालयलाई ३ लाख २० हजार बराबरको विज्ञान तथा गणितिय शैक्षिक सामाग्री प्रतिष्ठानले वितरण गरेको हो ।
शैक्षिक सामाग्री पाउने विद्यालयमा महेन्द्र मावि लाहाचोक, पृथ्वीनारायण मावि धम्पुस, निष्पक्ष मावि हुम्दी, बराह मावि भिडाबारी, माछापुच्छ्रे मावि ढिकुरपोखरी, सृजना सामुदायिक मावि सिमपाली र संगम मावि चन्द्राकोट रहेका छन् ।
कार्यक्रममा गण्डकी प्रदेश प्रज्ञा प्रतिष्ठानका कुलपति सुर्य बहादुर खड्का ‘बिखर्ची’ ले अशिक्षा, अज्ञानतामा रुमलिएका मानिसलाई चिरा पार्ने भनेकै शिक्षा रहेको हुँदा शिक्षा क्षेत्रमा योगदान दिने व्यक्तिहरु सधै आदरणिय रहने बताए । पाएको सहयोगको उचित प्रयोग गर्नुपर्ने उनको भनाई थियो ।
त्यस्तै कार्यक्रमको अध्यक्षता गरेका प्रतिष्ठानका सचिव डिल्लीराम गिरीले प्रतिष्ठानको उद्देश्य भनेकै कुनै पनि विद्यार्थी आर्थिक अभावका कारण शिक्षाबाट वञ्चित नहुन् भन्ने रहेको बताए । प्रतिष्ठानले कुनै निजी स्वार्थको लागि नभई समाज र विद्यालयको सल्लाह, सुझाव अनुसार छात्रवृत्ती र विद्यालयलाई वार्षिकरुपमा शैक्षिक सामाग्री वितरण गर्दै आएको जानकारी गिरीले दिए । साथै उनले विद्यालय तथा विद्यार्थीलाई प्रतिष्ठानबाट प्राप्त सहयोगको दुरुपयोग नगर्न पनि आग्रह गरे । कुनै पनि विद्यालय वा विद्यार्थी आर्थिक अभावका कारण पढाइबाट बञ्चित छन् भने प्रतिष्ठान सदैव सहयोगका लागि तयार रहेको गिरीले बताए ।
कार्यक्रममा माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मिन बहादुर गुरुङ, माछापुच्छ्रे गाउँपालिका शिक्षा शाखा प्रमुख सम्झना पोखरेल, माछापुच्छ्रे गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष नारायण प्रसाद पौडेल, निष्पक्ष माविका प्रधानाध्यापक दुर्गा रावत, महेन्द्र माविका सहायक प्रधान शिक्षक मिनराज अधिकारी लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।
कास्की माछापुच्छ्रे गाउँपालिका वडा नं. ४लाहाचोकमा अवस्थित महेन्द्र माविको सभाहलमा भएको कार्यक्रमको सञ्चालन प्रतिष्ठानका कोषाध्यक्ष अनिल लामिछानेले गरेका थिए । साँस्कृतिक प्रस्तुती सहितको कार्यक्रममा स्वागत मन्तब्य प्रतिष्ठानका पूर्व सचिव गोपाल गिरीले राखेका थिए ।
मर्दीखोला शैक्षिक प्रतिष्ठानले २०५४ सालदेखि कार्य शुरु गरि २०५६ सालमा विधिवत दर्ता गरि शैक्षिक क्षेत्रमा निरन्तर योगदान दिँदै आएको छ । यसका संस्थापक अध्यक्ष डा. राम गिरी हाल जापानमा छन् । प्रतिष्ठानले अहिलेको र पछिल्लो तीन वर्षमा शिक्षा क्षेत्रमा मात्रै १६ लाख २० हजार खर्च गरिसकेको सार्वजनिक खर्च विवरणमा उल्लेख छ ।
सम्बन्धित खबर
कुमारी ब्युटीको उद्घाटनमा रीमाले भनिन्, ‘आफूले प्रयोग गर्ने प्रडक्टबारे चेतना जरुरी छ’
माछापुच्छ्रे –९, सिधिङमा साविक वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
पोखरामा आजदेखि दाइँ महोत्सव
जीप दुर्घटनामा चालकको मृत्यु
म्याग्दीमा अब अनलाइनबाटै नागरिकताका कागपत्र बुझाउँदा हुने
कास्कीको मादीमा नागीधार महोत्सव सुरु
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी
पोखराको ढुंगेसाँघु मेला निरन्तर