फेवातालमा छाल उठ्दा डुंगा डुब्याे

फेवातालमा छाल उठ्दा डुंगा डुब्याे

Fewatal Hawahuri

पोखरा । फेवातालमा डुंगा डुब्दा अलपत्र परेका १० जनाको उद्धार गरिएको छ।

वडा प्रहरी कार्यालय बैदामका डीएसपी वेद जोशीका अनुसार चार वटा कायक र एउटा प्याडल बोट तालमा पल्टिएको हाे । डुंगामा सवार ५ जना सकुशल फेला परेका छन् भने एक वृद्धालाई बेहोस अवस्थामा तालबाट निकालिएको छ।

कायकमा रहेका ४ जना युवायुवतीकाे पनि उद्धार भएकाे छ । पोखरा महानगरपालिका–१ बगरको सपरिवार फेवा ताल घुम्न गएका बेला डुंगा पल्टिएको थियो। डुंगा पल्टिएपछि बेहोस भएकी ७० वर्षीया याममाया गिरीलाई उपचारका लागि प्रहरीले अस्पताल लगेको छ ।

डुंगामा सवार सबैको उद्धार कार्य पूरा भइसकेको प्रहरीले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

लमजुङ केन्द्रबिन्दु भएर भूकम्प
ढोरपाटनमा यो वर्ष पहिलोपटक हिमपात

ट्रेन्डिङ