पोखरा महानगरपालिका वडा नं – १५ को महिला सशक्तीकरण एवं क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ । वडामा रहेका महिला दिदीबहिनीहरूको क्षमता अभिवृद्धि गर्नको लागि डेढ महिनादेखि सुरु हुँदै आएको महिला सशक्तीकरण एवं क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रम सम्पन्न गर्दै वडाले तालिममा सहभागीहरू बिच आजै वक्तृत्वकला प्रतियोगिताको पनि आयोजना गरेको छ। ‘सामाजिक रूपान्तरणका लागि महिलाहरूको भूमिका’ विषयक प्रतियोगितामा २१ जना प्रतियोगीले सहभागिता जनाएका थिए। जसमा सानिपाटन आमा समूहकी विनु ढकाल प्रथम भएकी छन्। भने अनु गैरे द्वितीय, मनु थापा तृतीय र सीता रानाभाट र निर्मला भण्डारीले सान्त्वना प्राप्त गरे। विजेताहरूले क्रमशः ५ हजार, ३ हजार, २ हजार र १-१ हजार प्राप्त गरेका छन्।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा प्रदेश सांसद भीम कार्कीले मानिसका मन भित्र हज्जारौं तर्कहरू आइरहने तर, जान्ने बुझ्ने व्यक्तिहरूलाई पनि मन भित्रका कुराहरू व्यक्त गर्न कठिन हुने भन्दै यस्ता कार्यक्रमले मन भित्र उब्जिएका हरेक काम कुराहरूलाई अभिव्यक्त गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए। उनले महिलाहरू शिक्षित भए बालबालिकाले सिक्ने अवसर पाउने र तीनै बालबालिका भविष्यका कर्णधार भएकाले महिलाहरू चेतनशील बने मात्रै समाज सम्भयतामा अगाडी बढ्ने बताए।

कार्यक्रमका सभाध्यक्ष तथा वडा अध्यक्ष तोरण बानियाँले हामीले लिएको लक्षअनुरूप मानवीय विकासका लागि जबसम्म वडामा रहेका दिदीबहिनीहरूको क्षमता अभिवृद्धि गर्न सकिँदैन, उनीहरूमा सकारात्मकता ल्याउन सकिँदैन तबसम्म हाम्रो लक्षले पनि गति लिन नसक्ने भन्दै पूर्वाधार बाहेक अबको मानवीय विकासका लागि महिलाहरूमा चेतनशीलता र क्षमता अभिवृद्धि गर्नु नै विकासको सुचाङ्क बढ्नु रहेको बताए। उनले वडाका जनप्रतिनिधिहरूको साझा छलफलबाट वडावासी महिला दिदीबहिनीहरूको क्षमता अभिवृद्धिका लागि बजेट विनियोजन गरेर यस कार्यक्रमको आयोजना गर्न सफल भएको भन्दै ४५ दिने क्षमता अभिवृद्धि कार्यक्रममा वडाका २९ आमा समूहका २५७ जनाले सहभागिता जनाएको जानकारी दिए।

यस्तै, कार्यक्रम संयोजक तथा पोखरा महानगरपालिकाकी कार्यपालिका सदस्य मन्दिरा परियारले वडाका धेरै भन्दा धेरै महिला दिदी बहिनीहरूको सहभागिता होस् भनेर ४५ दिनसम्म ३ दिने प्रशिक्षण कार्यक्रम राखिएको बताइन् । उनले दिदी बहिनीहरूको उत्साहजनक सहभागिता रहेको भन्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताइन् ।

वडा नं -१५ का निवर्तमान वडा अध्यक्ष प्रकाश पौडेलले क्षमता अभिवृद्धि तालिममा दिदीबहिनीहरूले सिकेका र जानेका कुराहरूलाई आ-आफ्नो समूहमा गएर छलफल गर्न सके, सिकाई आदानप्रदान गर्न सके सबै जनाले सिक्ने अवसर प्राप्त गर्ने बताए। उनले हाम्रो समाजलाई सबै खालको फोहोरबाट मुक्त भएको आदर्श, अनुशासित र संस्कारवान समाज निर्माण गर्नुपर्ने भन्दै त्यो दायित्व र जिम्मेवारी सशक्तीकरण भएका महिला दिदीबहिनीहरुले प्राप्त गरेको र उहाँहरूले नै भूमिका पनि खेल्ने आशा व्यक्त गरे।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै न्यायिक समिति सदस्य तथा पूर्व वडा सदस्य पार्वती कार्कीले ३ दिने महिला क्षमता अभिवृद्धि कार्यक्रमले महिलाहरूमा नेतृत्वदायी भूमिकाको विकास हुने आशा व्यक्त गरिन् । उनले वडाले ल्याएका यस किसिमका कार्यक्रमले वडाको गरिमा बढाएको प्रतिक्रिया दिइन् ।

गत माघ १६ गतेबाट सुरु भएको महिला क्षमता अभिवृद्धि कार्यक्रममा पत्रकार शुष्मा पौडेल र जमुना वर्षा शर्माले प्रशिक्षण दिएका थिए भने, ४५ -४५ जनाको समूह बनाई ३ -३ दिन तालिम सञ्चालन गरिएको थियो।

आजको वक्तृत्वकला प्रतियोगिताको निर्णायकमा शंकर ज्ञवाली, हसिना बस्नेत र विष्णु पौडेल रहेका थिए भने कार्यक्रमको सञ्चालन वडा सदस्य आशिष भण्डारीले गरेका थिए।
सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो