आईसीसी यू–१९ : यूएईसँग निर्णायक खेल खेल्दै नेपाल

आईसीसी यू–१९ : यूएईसँग निर्णायक खेल खेल्दै नेपाल

Nepal Cricket u-19 (3)

काठमाडौं । यूएईमा जारी आईसीसी यू–१९ विश्वकप एसिया छनोटको अन्तिम खेलमा आज नेपालले घरेलु टोली यूएईसँग खेल्दैछ ।

खेल इर्डेन गार्डेन ओभल, आजमानमा नेपाली समय अनुसार बिहान १० : ४५ मा सुरु हुनेछ।

६ राष्ट्र सहभागी छनोट प्रतियोगितामा यस खेल जित्ने टोली २०२४ मा श्रीलंकामा आयोजना हुने यू–१९ विश्वकप खेल्न पाउनेछ । त्यसैले दुवै टोली जितसहित विश्वकपमा पुग्ने लक्ष्यमा छन् ।

यसअघि राउण्ड रोविनका चारवटै खेल जित्दै आत्मविश्वासी बनेको नेपाली यू–१९ टोली अन्तिम खेल जित्दै ८ वर्षपछि यू–१९ विश्वकपमा छनोट हुने लक्ष्यमा छ ।

छनोटमा नेपालले यसअघि सिंगापुरलाई९६ रनले, कुवेतलाई २४३ रनले, हङकङलाई ९ विकेटले तथा मलेसियालाई १० विकेट हराइसकेको छ ।

युएई नेटरनरेटको कारण शीर्ष र नेपाल दोस्रो स्थानमा छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ