भारतले पठाएको नयाँ मूल्य अनुसार एलपीजी ग्यास सिलिन्डरमै ३३९ बढ्दा इन्धन भने घटेर आयो

भारतले पठाएको नयाँ मूल्य अनुसार एलपीजी ग्यास सिलिन्डरमै ३३९ बढ्दा इन्धन भने घटेर आयो

काठमाडौं । इन्डियन आयल कर्पोरेशन (आईओसी) ले नेपाल आयल निगम (एनओसी) लाई नयाँ मूल्य सूची पठाएको छ।

नयाँ मूल्य सूची अनुसार पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनको मूल्य घटेको छ भने खाना पकाउने एलपीजी ग्यासको मूल्य अत्याधिक बढेको छ।

आईओसीले पठाएको नयाँ मूल्य अनुसार पेट्रोलमा १.२१ रुपैयाँ, डिजेलमा ५.५ रुपैयाँ, मट्टितेलमा ३.४० रुपैयाँ र हवाई इन्धनमा ७.३ रुपैयाँ मूल्य घटेर आएको छ । भने, एलपीजी ग्यासको मूल्य भने प्रतिसिलिन्डर ३३९ रुपैयाँ बढेर आएको छ ।

एलपीजी ग्यासमा बढेको मूल्य सँगै निगमलाई प्रति सिलिन्डर ६३५ रुपैयाँ घाटा हुने देखिएको छ। आईओसीले हरेक १५ दिनमा एनओसीलाई पठाउने गर्दछ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds