पोखरा । गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिताका लागि कास्कीबाट ९४ खेलाडी छनौट भएका छन् । सोमबार सम्पन्न जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले जिल्लाको प्रतिनिधित्व गर्ने खेलाडी छनौट गरेको हो । ९४ खेलाडीमध्ये एथलेटिक्समा २२, उसुमा १२, करातेँ १२, तेक्वान्दो १२, भलिबल १८ र कबड्डीमा १८ जना खेलाडी छनौट गरिएको हो । छात्र र छात्रा दुवै गरी ९४ खेलाडी छनौट भएका हुन् । मार्सलआर्टमा पोखरा महानगरपालिकाको बाहेक अन्य पालिकाको सहभागिता नभएपछि सोझै छनौट भएका हुन् । अन्य खेलमा भने छनौट गरिएको हो ।
एथलेटिक्स छात्रा तर्फ एन्जल अधिकारी, सविना खातुन मिया, अनुष्का अधिकारी, नारायणी भण्डारी, संगिता घर्ती, कविता मगर, सम्पदा गुरुङ, रेखा विक,सिर्जना केसी, विनिता विक र पवित्रा गुरुङ रहेकी छिन् । वैकल्पिक खेलाडीमा सिर्जना केसी, दिपा पोडेल, शोनिका विक र अप्सरा भुजेल रहेकी छिन् । छात्रतर्फ रिशव श्रेष्ठ, कुशल पोखरले, सन्दिप क्ुँवर, प्रवेश आचार्य, तेन्जेन रोका मगर, मनिष जिसी, लव पोखरेल, नरेश विक, आसिष कार्की र रितेश विक रहेका छन् । वैकल्पिक खेलाडीतर्फ दिपेश यादव, विराज परियार र राजिव थापा रहेका छन् ।
भलिबल छात्रातर्फ सजिना बुढाथोकी, स्माइल पुन, कृष्ला बलाम, जमुना गुरुङ, तुलकुमारी तिलिजा, मनिषा राई, शोभा मगर, विन्दु विक र सुस्मिता विक रहेकी छन् । वैकल्पिक खेलाडीमा आकृति थापा र दिपा थापा रहेकी छिन् । छात्रतर्फ आसिष सुनार, मदन छन्त्याल, सुदिप परियार, टाइसिन गुरुङ, किसान थापा, सुजन बुढाथोकी, समिर विक, प्रतिक श्रेष्ठ र मञ्जुर मिया रहेका छन् । वैकल्पिक खेलाडीमा विद्धान विक, आसिष नेपाली, रञ्जन सुनार रहेका छन् ।
कबड्डी छात्रातर्फ संजु घर्ती, भिमसरा विक, रोजिना कुँवर, रोजिना सुनार, स्विकृत केसी, दिविसा ज्यु ठकुरी, सुष्मा कुँवर, पुनम कुँवर र करुणा नेपाली रहेकी छिन् । वैकल्पिक खेलाडीमा पुष्पा श्रीपाली, एलिना परियार, अनिता परियार र अनिषा सुनार रहेकी छिन् । छात्रतर्फ उचित रिमाल, सौगात भट्टराई, समिर शाही, सुशान भुजेल, रोहन खत्री, भविन पुन, मदन राना, सुमिन गुरुङ र आयुष विक रहेका छन् । वैकल्पिक खेलाडीमा अशोक पोडेल, निसान तामाङ र राजेश गुरुङ रहेका छन् ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो