पोखरा । पोखरा महानगरपालिकाले १३ औं संस्करणको जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि जितेको छ । पोखरा रंगशालामा दुई दीन चलेको उक्त प्रतियोगितामा पोखरा महानगरले २८ स्वर्ण १० रजत र ६ काँस्य गरी ४४ पदक सहित पोखरा प्रथम भएको हो ।
३० स्वर्ण पदकको लागि भएको प्रतिष्प्रर्धामा रुपा गाउँपालिकाले २ स्वर्ण र ४ कास्य सहित ६ पदक प्राप्त गरी दोश्रो भएको छ । त्यसै गरी ९ रजत र ९ काँस्य गरी १८ पदक सहित माछापुच्छ्रे गाउँपालिका तेश्रो भएको छ । अन्नपूर्ण गाउँपालिका ७ रजत र ८ काँस्य गरी १५ पदक सहित चौथो स्थानमा रहेको छ । मादी गाउँपालिका पदक विहिन भयो । विजेतालाई उपाधिको साथमा १२ हजार, उपविजेतालाई ९ हजार प्रदान गरिएको थियो ।
पोखरा महानगरपालिकाको जितमा सविना खातुनले ५ स्वर्ण, एन्जल अधिकारीले ४ स्वर्ण पदक दिलाए । पोखरा रामघाटमा रहेको टप्स मावि कक्षा ९ मा अध्ययनरत खातुनले ४ सय मिटर, ८ सय मिटर, हाइजम्प, रिले तर्फ दुई स्वर्ण गरी ५ स्वर्ण पदक दिलाएकी हुन्। त्यस्तै पोखरा २७ को त्रिवेणी पब्लिक स्कुलकी एन्जल अधिकारीले १ सय मिटर, २ सय मिटर, लङजम्प र रिलेमा गरी ४ वटा विधामा स्वर्ण पदक जितेकी हुन् । पोखरा महानगरको एथ्लेटिक्स तर्फका प्रशिक्षक शंकर शाहले पोखराका छनौट भएका खेलाडीहरु कास्की जिल्लामा छनौट हुने गरी थप मेहनत गर्ने बताए । मार्सल आर्ट सहित ९४ जना खेलाडीहरु जिल्ला स्तरिय प्रतियोगिताको लागि खेलाडी छनौट भएको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख डि.बि.नेपालीले बताए ।
विजयी खेलाडीहरुको टोलीलाई गण्डकी प्रदेशका सामाजिक बिकास तथा स्वास्थ्य मन्त्री पन्चराम गुरुङ, नेपाल भारतोलन संघका केन्द्रिय उपाध्यक्ष राजन बड्गामी, पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका निर्देशक कृष्ण तिमिल्सिना, कार्यालय प्रमुख लक्ष्मण योगी, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तोरण बहादुर बाँनिया, पोखरा महानगरपालिका खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्का, पोखरा महानगरपालिकाका शिक्षा अधिकृत सोमनाथ भण्डारी लगायतले पुरस्कार वितरण गरेका थिए ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो