वसन्तपुरमा चीर ठड्याएसँगै यसवर्षको होली पर्व सुरु

वसन्तपुरमा चीर ठड्याएसँगै यसवर्षको होली पर्व सुरु

holi-chir

काठमाडौँ । काठमाडौँको वसन्तपुरमा चीर ठड्याएसँगै यसवर्षको फागु अर्थात् होली पर्व सुरु भएको छ ।

आज बिहान ७ बजेर ४५ मिनेटको साइतमा मानन्धर समुदायले रङ्गीचङ्गी ध्वजासहितको चीर ठड्याएसँगै होली पर्व सुरु भएको हो । होलीलाई असत्यमाथि सत्यको विजयको रुपमा हरेक वर्ष फागु पूर्णिमाका दिन मनाउने गरिन्छ ।

रङ्गको पर्व होलीलाई आपसी कटुताको अन्त्य र सद्भाववृद्धीको पर्वको रुपमा पनि लिने गरिन्छ । यसपालि आउँदो २२ गते सोमबार पहाडी जिल्लामा र २३ गते मङ्गलबार तराईका जिल्लामा होली मनाइँदै छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds