सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा

सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा

Supreme_Court_sarbochcha_adalat_sarbocha

काठमाण्डाै। सर्वाेच्च अदालतलले क्रिकेटर सन्दीप लामिछानेको मुद्दालाई हेर्दाहेर्दैमा राखेको छ । आइतवार बहस नसकिएपछि लामिछानेको मुद्दालाई हेर्दाहेर्दैमा राखिएको हो ।

यस मुद्दामाथि भाेलि साेमवार बहस हुने भएको छ । आज न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासमा बहस भएको हो । बलात्कारको आरोपमा लामिछानेलाई जिल्ला अदालत काठमाण्डाैले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । त्यसका विरुद्ध सन्दीप उच्च अदालत पाटन पुगेका थिए । उच्च अदालतले विदेश जान नपाउने गरी २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds