पोखरामा हात र घाँटीमा ट्याटु भएको एक पुरुषको शवको पहिचान हुन सकेको छैन । बेवारिसे अवस्थामा फेला परेका पुरुषको शवको परिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । मृतको घाँटीमा केलीन लेखिएको सानो अक्षरको ट्याटु र हातमा स्टार ट्याटु रहेको छ ।
पोखरा महानगरपालिका – ५ मालेपाटन स्थित कालिका पेट्रोल पम्प नजिक नाम/थर नखुलेको पुरुषलाई प्रहरीले घाइते अवस्थामा उद्धार गरी अस्पताल पुर्याएको थियो ।
शरीर ददारिएको अवस्थामा शनिबार बिहान साढे ५ बजे भेटिएका ती पुरुषलाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएकोमा उपचारका क्रममा बिहान साढे ८ बजे मृत्यु भएको प्रहरीले बताएकाे छ । मृतकको पहिचान नखुलेपछि प्रहरीले हुलियाको जानकारी दिँदै सूचना जारी गरेको छ ।
प्रहरीका अनुसार मृतकको उमेर अन्दाजी ३५ रहेको छ भने उचाई करिब ५ फिट ४ इन्च रहेको छ । मङ्गोलियन वर्ष जस्तो देखिने पुरुषले खरानी रङको हाफ पेन्ट र खैरो रङको कोठे स्वेटरभित्र कालो टिसर्ट लगाएका छन् । मृतकको घाँटीमा Kellin लेखिएको ट्याटु, देब्रे नाडीको हत्केला पछाडि ताराको ट्याटु र दुवै पाखुरादेखि नाडीसम्मै विभिन्न ट्याटु पनि खोपिएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ । आज बिहान करिब ५:३० बजे मृतक फेला परेको प्रहरीको भनाई छ ।

सम्बन्धित खबर
कास्कीमा एकनाले भरुवा बन्दुकसहित १ जना पक्राउ
छोराको सम्झनामा जसले आफ्नो सबै सम्पत्ति प्रतिष्ठानमा सुम्पिए
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम
गण्डकी प्रदेश प्रमुख अस्पतालबाट डिस्चार्ज
देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते