कास्की । गन्नी एफसी फुटबल क्लवको आयोजनामा ‘प्रथम फ्लो फ्लो कप’ सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिताको तयारी पुरा भएको छ । पोखरा महानगरपालिका १३ माछापोखरी खेल मैदानमा फागुन (भोली) १४ गते देखि २० गतेसम्म सञ्चालन हुने प्रतियोताको सम्पूर्ण तयारी पूरा भएको क्लबका अध्यक्ष गणेश क्षेत्रीले जानकारी दिए ।
‘हाम्रो प्रतियोगिताको तयारी लगभग सकिएको छ, फुटबलको विकास गर्ने उद्देश्यसहित फुुटवल प्रतियोगिता सञ्चालन गर्न लागिएको अध्यक्ष क्षेत्रीले मयुुर टाईम्स न्युुजलाई बताए । भोली १४ गते दिनको १ः३० बजे उद्घाटन गर्न हाम्रा सम्पूर्ण टीम तयारीमा लागेका छौ, उनले भने, ‘हालसम्म ४० टिमको दर्ता भइसकेको छ ।
अध्यक्ष क्षेत्रीका अनुसार सो प्रतियोगिताको विजेतालाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित २ लाख एघार हजार १ सय ११ रुपैया प्रदान गरिने जानकारी दिए । उनका अनुसार उपविजेताले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित १ लाख ५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् ।
यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ट्रफि सहित ७ हजारद्वारा पुरस्कृत गरिनेछ । अध्यक्ष क्षेत्रीले उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही ५/५ हजार रुपैयाँ र ट्रफि प्रदान गरिने बताए ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो